चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने

चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने

news 14

पोखरा, १४ माघ । चेम्बर अफ कमर्स गण्डकीले प्रदेशमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको छ ।

चेम्बर अफ कमर्स गण्डकी प्रदेशको आठौं कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशिलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिनुभयो ।

‘गण्डकी प्रदेश भित्र स्थापना भएका उद्योगी, व्यवसायीहरुलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यवसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य हो, सुनारले भन्नुभयो, ‘आइडिया बैंक स्थापना भएसँगै नया उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पूँजी लिएर आएका उद्यमीहरुलाई विशेष सहयोग पुग्छ ।’

चेम्बर अफ कमर्स गण्डकीको आठौं बैठकलले गण्डकी प्रदेशमा फ्रि हटलाईन नम्वर हेल्लो चेम्बर हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेश भित्र रहेका उद्योगी, व्यवसायीहरुको हक, हित,समस्या पहिचान र निराकरण गर्नका लागि व्यवसायीक प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबीच पुलको काम गरी सरकारलाई व्यवसायी मैत्री नीति निर्माण गर्न लगानी मैत्री वातावरण तयार गर्न नीतिगत सुझावका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

यस्तै चेम्बर गण्डकीले एक पालिका एक उत्पादन र उत्पादित वस्तुको बजारिकरण गर्ने निर्णय समेत गरेको छ । सिप सिकेर स्वदेशमा नै कृषि व्यवसाय गर्न चाहने तथा कृषि पेशामा सिप सिकेर विदेश जान इच्छुक व्यक्तिलाई आवश्यक तालिम प्रदान र विदेशबाट फर्र्किएका युवाहरुलाई कृषि तालिम दिएर कृषिमा आवद्धता गर्ने निर्णय समेत गरेको छ ।

चेम्बर अफ कमर्स गण्डकीको वार्षिक साधारण सभा चैत ११ गते पोखरामा गर्ने निर्णय समेत भएको अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला चेम्बरको प्रगति प्रतिवेदन, एसोसिएट र वस्तुगत संघ दर्ता सम्बन्धमा लगायतका विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
11 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Aug 2025 00:35 UTC
Latest change: 10 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.8
US Dollar 
US Dollar
1
11 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Aug 2025 00:35 UTC
Latest change: 10 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀