शव कुर्दै आफन्त

शव कुर्दै आफन्त

Hospital

पोखरा, २ माघ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) परिसर विगत दुई दिन देखि शोकमा डुबेको छ।

पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका मृतकका परिवार, आफन्त र शुभेच्छुको शोकाकुलका कारण अस्पताल परिसर शोकमा डुबेको छ ।

आइतबार र सोमबार दिनभर नै अस्पताल परिषर शोकमा डुब्यो । अस्पताल परिसरमा मृतकका परिवार, आफन्त र शुभेच्छुकको बाक्लो घुुइँचोसँगै रुवाबासी, साइरनसँगै कुदिरहेका एम्बुलेन्स, सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ ।

अस्पतालको शवगृहमा ६९ जनाको शव राखिएको छ । शव पोष्टमार्टमका लागि आवश्यक तयारी पूरा गरी पोष्टमार्टम शुरु भएको छ ।
शवको पहिचान र परिक्षणका लागि गठित टोलीले आवश्यक प्रक्रिया पूरा गरी सम्वन्धित परिवारलाई बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शव काठमाण्डौंस्थित शिक्षण अस्पतालमा लगिने भएको छ।
जसमध्य २४ जनाको शव पोखरामा पोष्टमार्टम हुने अवस्था रहेको र बाँकी शव काठमाण्डौं पठाउन पर्ने अवस्थामा रहेको बताइएको छ। पोष्टमार्टम कार्य ढिला भएकाले भोली मात्र शव परिवारको जिम्मा लगाइने भएको छ ।

उता अझै पनि बेपत्ता तीन जनाको खोजी कार्य जारी रहेको छ । खोजीका लागि गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

आइतबार जहाज दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाण्डौबाट पोखरा आएको यती ९एन एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । पोखराको नयाँ गाउँस्थित सेती नदी खोँचमा दुर्घटना भएको हो ।

जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जहाजमा ५३ जना नेपाली सवार थिए । जहाजमा पाँच जना भारतीय, चार जना रशियन, एक जना आयरल्याण्ड, एक जना अर्जेन्टिनी, एक जना अष्टेलियन, दुई जना कोरियन र एक जना फान्सेलीले यात्रा गरेका थिए ।
६८ मध्य महिला २५ जना, पुरुष ३७ जना, बालक तीन जना र शिशु तीन जना थिए ।

आइतबार बिहान १०ः३२ बजे पोखराका लागि जहाज उडेको हो । पोखरा विमानस्थलको टावरसँग अन्तिम पटक १०ः५० बजे सेती खोँच भन्ने स्थानबाट सम्पर्कमा आएको सो जहाज त्यस लगत्तै दुर्घटनामा परेको थियो ।

दुर्घटना लगत्तै उद्वार कार्य शुरु गरिएको थियो । स्थानीय, प्रहरी, नेपाली सेना उद्वारमा खटिएका थिए भने हेलिकप्टर परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀