पोखरा,१४ पुस। नेपाल निजामती कर्मचारी युनियन कास्कीले २७ जना गण्डकी प्रदेशसभा सदस्यलाई एउटै मञ्चमा बधाई ज्ञापन तथा शुभकामना दिएको छ।
युनियनले बिहीबार पोखरामा कार्यक्रम गरी नेपाली काँग्रेसको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना दिएको हो।
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, युनियनका अध्यक्ष सुरेश श्रेष्ठ र कार्यक्रम संयोजक डार्विन लम्सालले माला र खादा लगाइदिएर बधाई ज्ञापन गर्नुको साथै शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा केन्द्रीय उपसभापति धनराज गुरुङले एकता र प्रभावकारी ढंगबाट प्रदेशसभामा भूमिका निर्वाह गर्नुभयो।
सहमहामन्त्री जीवन परियारले स्थायी सरकारका रुपमा रहनु भएका कर्मचारी रचनात्मक हुनुपर्नेमा जोड दिनुभयो।
नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले देशभर देखिने, सुनिने र बुझिने गरी काम गर्ने बताउनुभयो।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले कर्मचारी ऐनमा भएका कमीकमजोरीलाई शंसोधन गर्न सकिने बताउनुभयो।
नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा युनियन गण्डकी प्रदेश अध्यक्ष दीपक रेग्मी, कास्की उपाध्यक्ष केदार सापकोटा र सचिव सुमन शर्माले बोल्नुभएको थियो।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं