पोखरा, ११ पुस । लायन्स क्लब अफ पोखरा लेकसाइडको आयोजना एवम् लायन्स क्लब अफ पोखरा रानीबन र लियो क्लब अफ पोखरा लेकसाइडको सहकार्यमा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै बृद्धाश्रममा ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
राज्यले ज्येष्ठ नागरिकको हकहितमा ध्यान दिनुका साथै बृद्धाश्रमहरूको सुव्यवस्थाका लागि ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो ।
लायन्स पिआरो इनचिफ किशोर बरालले लायन्सले सामाजिक सेवाका क्षेत्रमा विशिष्ट योगदान गर्दै आएको धारणा राख्नुभयो ।
कार्यक्रम संयोजक जयराम तिमल्सिनाले मानवीय सेवालाई दृष्टिगत गर्दै बुद्धाश्रममा सहयोग गरिएको बताउनुभयो ।
राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले प्राप्त सहयोगले बृद्धाश्रमको दैनिकी सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
लायन्स क्लब अफ पोखरा लेकसाइडका तृतीय उपाध्यक्ष इन्द्रमान चौहानले सञ्चालन गर्नुभएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा रानीबनका अध्यक्ष प्रेम सुवेदी, लियो क्लब अफ पोखरा लोकसाइडका अध्यक्ष डेजिना गदाल लगायतले बोल्नुभएको थियो ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं