पोखरा, ७ पुस । पोखराको जनप्रिय बहुमुखी क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको बिहिबार पदस्थापना गरिएको छ ।
क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित वीरेन्द्रनारायण बिजुक्छे सहित ११ जना सदस्यहरूमा अर्जुन श्रेष्ठ, रंगिला आचार्य, ध्रुवराज चालिसे, युवराज पराजुली, गणेशबहादुर अधिकारी, इन्द्रप्रसाद पौडेल, शोभामोहन पौडेल, नम्रता बराल, राजेन्द्र पहारी, विजयराज आचार्य र कृष्णप्रसाद पराजुलीको पदस्थापन गरिएको हो ।
निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमले अध्यक्ष बिजुक्छेसहित सञ्चालक समितिका सदस्यहरूलाई पद तथा गोपयनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।
पदस्थापनापछि नवनिर्वाचित अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले आफू राजनीतिक व्यक्ति भए पनि तीन वर्षे कार्यकालमा जनप्रियभित्र राजनीतिक रङ नदिने बताउनुभयो । उहाँले पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिमा कुनै ‘कम्प्रोमाइज’ नगर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । ।
कार्यक्रममा अध्यक्षका प्रत्यासी सोमनाथ बराल, संस्थापक पूर्व उपाध्यक्ष हरि बराल, संस्थापक प्राध्यापक प्राडा देवेन्द्रबहादुर लामिछाने, निवर्तमान अध्यक्ष तारा गिरी, पूर्व अध्यक्ष दामोदर चालिसे, इन्द्रबहादुर कुँबर, सल्लाहकार परशुराम बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, क्याम्पस प्रमुख लोकराज भण्डारी लगायतले बोल्नुभएको थियो ।
निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमको सभापतित्वमा सम्पन्न पदस्थापना कार्यक्रममा सदस्य एकनारायण अर्यालले शुभकामना मन्तव्य र डा.श्रीकान्त शर्मा खतिवडाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं