काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

kakro

मध्यविन्दु, ५ पुस (रासस):नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ ।

व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिक्नुभएको ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गर्नुभएको छ ।

रु १२ हजारको लगानीमा दुई वर्षअघि काँक्रोखेती सुरु गर्नुभएका उहाँले पहिलो वर्ष खर्च कटाएर रु ६७ हजार आम्दानी गरेको बताउनुभयो । “एक बाली धान लगाएर काँक्रो लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रोमात्रै लगाउने गरेका छाँै”, किसान रानाले भन्नुभयो ।

रु सात हजारको लगानीमा अहिले उत्पादन सुरु भएको काँक्रोबाट रु ३३ हजार आम्दानी आइसकेको भन्दै उहाँले भन्नुभयो, “आफँैले मेहेनत गरेर कमाउने भएपछि निकै खुसी मिल्ने रैछ, ऋण खोज्न परेको छैन, अहिले परिवार पाल्न आम्दानीको स्रोत नै यही भएको छ ।”

कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा १ मा किसान काँक्रो नलगाउने कमै मात्र भेटिन्छन् । आम्दानीको स्रोत कृषि भए पनि व्यावसायिकरूपमा आम्दानी लिन नसकेका किसान अहिले काँक्रोखेतीमा आकर्षित हँुदै आएका छन् ।

वर्षमा तीन बालीसम्म यहाँका किसानले काँक्रोखेती लगाउँदै आएका छन् । धान बालीमात्रै लगाउँदै आउनुभएका दिलमाया परियारले काँक्रोबाट मनग्ने आम्दानी गर्न सकिने थाहा पाएपछि चार वर्षदेखि व्यावसायिकरूपमा काँक्रोखेती लगाउँदै आउनुभएको छ ।

“दुई कठ्ठामा लगाएको काँक्रोबाट खर्च कटाएर वर्षमा करिब रु दुई लाख आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसरी गाउँमै आम्दानी लिन सकिने सोचाइ पहिल्यै आएको भए श्रीमान्लाई विदेश पठाउनुपर्ने थिएन, मेहेनत गर्ने हो भने विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी गर्न सकिने रहेछ ।”

यस क्षेत्रमा १५ कठ्ठामा काँक्रो लगाएका किसानले खर्च कटाएर वर्षमा रु छ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँ उत्पादित काँक्रो व्यपारीले खरिद गरी काठामाडाँै पठाउने गर्दछन् ।

किसान र व्यापारीबीच बिचौलिया नभए अझै राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन् । हुप्सेकोट गाउँपालिकाको वडा नं १, ३ र ४ वडामा काँक्रोखेती हँुदै आएको छ । यहाँको करिब दुई सय बिघा क्षेत्रफलमा समूह र व्यक्तिगत गरी किसानले काँक्रोखेती लगाउँदै आएका छन् ।

समूह र व्यवसाय दर्ता गरी काँक्रोखेती लगाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिक प्लास्टिक, तौल काटा, डोरीलगायतका सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

गाउँपालिका क्षेत्रबाट उत्पादन हुने तरकारीजन्य वस्तुको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
06 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15
US Dollar 
US Dollar
1
06 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀