पोखरा, २६ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले शनिवार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई जारी राख्नु भएको छ ।
उहाँले शनिवार पोखरा १२ मा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको छ । उहाँले आइतबार पोखरा २७ मा घरदैलो तथा मतदाता भेटघाट गर्नु हुनेछ ।
‘आफूप्रति मतदाता सकारात्मक भएको पाएँ, उहाँले भन्नुभयो – मतदाताको हौसला, समर्थन, विश्वास र भरोसाले उत्साहित बनाएको छ ।’
निर्वाचनमा मतदातालाई विभिन्न योजनाहरु देखाउने र प्रभावित पार्न खोज्ने प्रवृत्तिको अन्त्य गर्दै उहाँले जनताको योजना र आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउँदै आउनु भएको छ ।
झुट बोल्दा मतदाताको अपमान हुने भन्दै उहाँले सक्ने कुरा मात्रै बोल्ने र जनताको सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिदै आउनु भएका बराल पाँच सुत्रीय अभियानसहित निर्वाचनमा होमिनु भएको छ ।
मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भन्नुभएको छ ।
त्यस्तै, देशको समृद्वि, र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै आउनु भएको हो ।
उहाँले गठबन्धनको पक्षमा माहोल आइसकेको भन्दै निर्वाचनसम्म खटिदिन नेता, कार्यकर्ता, शुभेच्छ्ुक र आफन्तलाई आग्रह गर्नुभएको छ ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं