दुर्घटनामा एकै गाउँका चारको मृत्यु, शोकमा गाउँ

दुर्घटनामा एकै गाउँका चारको मृत्यु, शोकमा गाउँ

Collage Maker-30-Oct-2022-08.10-PM

रामपुर (पाल्पा), १३ कात्तिक (रासस) :मनकामना दर्शन गर्न दर्शनार्थी लिएर हिँडेको बस आज बिहान नवलपुरको बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डको मथारमा दुर्घटना भयो ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट आज बिहानै मनकामना पुग्ने गरी गएराति करिब ११ बजे ना ६ ख ७५८० नम्बरको बस गुडेको थियो ।

सो बस करिब बिहान ३ बजे मथारमा एक्कासी दुर्घटना हुँदा पाँच यात्रुको घटनास्थलमा नै मृत्यु भयो । मृतक पाँचमध्ये एकै गाउँका चार परेका छन् भने एकै परिवारका तीन जना छन् ।

मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना हुँदा घटनास्थलमा पाँच यात्रुको निधनले गाउँ नै शोकमा डुबेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

“साठीबजार, नौगाउँ, फाँट, बिसौना गाउँका करिब ६५ स्थानीय दुई वटा बसमा मनकामना दर्शन गर्न हुँगीबाट बसमा चढेर निस्केको खबर पाएको छु, पाँचको मृत्युको खबरले दुःखी बनायो”, उहाँले भन्नुभयो, “मृतकको शव परीक्षणका लागि रामपुर अस्पतालमा ल्याइएको छ, घाइतेको शिघ्र उपचारका लागि जनशक्ति परिचालन गरिएको छ ।”

दुर्घटनामा रम्भा १ बिसौनाका अन्दाजी ६५ वर्षीय धनकुमारी विक, उनका माहिला छोरा ४१ वर्षीय ताराबहादुर विक र नाति (साठीबजार बस्ने छोरीतर्फको) १६ वर्षीय विनय विक, च्याङलिङ बस्ने ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ्ग नगरपालिका–९ बस्ने ४५ वर्षीय फूलमाया माझी रहेका छन् । धनकुमारी, ताराबहादुर र विनय एकै परिवारका हुन् ।

दुर्घटनामा मृतक ताराबहादुरका श्रीमती ३६ वर्षीय माया विक र १५ वर्षकी छोरी रिमा विक घाइते छन् । उनीहरुको हाल नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक ताराबहादुर गाउँघरमा घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्थे । एक असल इमान्दार मेहनती ताराबहादुरको परिवारमा ठूलो बज्रपात परेको छिमेकी तथा स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताउनुभयो ।

प्रहरी चौकी बुलिङटारले दिएको जानकारीअनुसार साढे तीन बजे प्रहरी उद्धारका लागि घटनास्थलमा पुगेको थियो । लगत्तै उद्धार कार्य सुरु गरी घाइतेलाई अस्पताल पठाइयो । बिहान ९ बजेसम्म उद्धार कार्य चलिरह्यो ।

कालीगण्डकी करिडोर सडकखण्डदेखि करिब एक सय मिटर तल बस खसेको छ । बस अनियन्त्रित भएर दुर्घटना हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी चौकी बुलिङटार (नवलपरासी सुस्ता पूर्व नवलपुर) का प्रहरी सहायक निरीक्षक विक्रम कुमालले बताउनुभयो ।

“कालीगण्डकी करिडोरको पक्की सडकमा दुर्घटना भएको छ, झट्ट हेर्दा यति ठूलो दुर्घटना होला जस्तो देखिदैन, रातको समय भएकाले बस अनियन्त्रित भएर दुर्घटना भयो होला भन्ने हाम्रो अनुमान छ, घटनाबारे अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

चालक, सहचालक र २८ घाइते यात्रुको अहिले नारायणी सामुदायिक अस्पताल र भरतपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बस चालक, सहचालक सहित ३५ जना सवार रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बस चालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने २९ वर्षीय दिलकुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाड बस्ने २४ वर्षीय साजन श्रेष्ठ, बसमा सवार पाल्पा रम्भा गाउँपालिका–१ बस्ने चार वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविण सुनार, २० वर्षीय रामबहादुर विक, २१ वर्षीय रीता विक, २५ वर्षीय काशिराम विक, २० वर्षीय विशाल विक, एक वर्षीय आइसा विक, १६ वर्षका अविनाश विक, सात वर्षीय पुष्पा विक, ४७ वर्षीय मेघनाथ विक, १५ वर्षीय रिमा विक रहेका छन् ।

त्यस्तै ३२ वर्षीय सन्जु सुनार, ३८ वर्षीय प्रेमबहादुर सुनार, २० वर्षीय आशिष सुनार, २० वर्षकै विजय विक, ३६ वर्षका माया विक, १२ वर्षकी अस्मिता सुनार, ४७ वर्षीय ओमबहादुर विक, ४५ वर्षीय सेती विक, ४८ वर्षकी शिवकुमारी विक, पाल्पा झडेवा बस्ने ३२ वर्षीय सुमित्रा विक, स्याङ्जाको गल्याङ्ग नगरपालिका–९ बेलचौर बस्ने २५ वर्षीय दिलमाया राना, सोही ठाउँकै तीन वर्षीय रविन राना, स्याङ्जा गल्याङ ८ बस्ने ३५ वर्षीय मनोजकुमार विक, सोही ठाउँकै ३० वर्षीय सरिता माझी, ३० वर्षकै उमाकुमारी विक र ३१ वर्षका रामु राना घाइते रहेको प्रहरी चौकी बुलिङटारले जानकारी दिएको छ ।

दुर्घटनाबारे छानबिन गर्न प्रहरी नायब उपरीक्षक सन्तोष पाठकको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान थालिएको छ ।

प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवलपुरमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिउँसो सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको हो । साथै देउवाले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ, “पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तब्ध भएको छु । दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀