पोखरा, २९ असोज । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरामा भएको छ ।
कार्यक्रममा लायन्स अन्र्तराष्ट्रिय आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता, लायन्स अन्र्तराष्ट्रियका एलसिआइएफ एरिया लिडर राजन लम्सालको विशेष आतिथ्यतामा तथा डिष्ट्रिक्ट गभर्नर राम बसेलको अध्यक्षतामा भएको थियो ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गगभर्नर रामबहादुर बसेलले ‘आई विलिभ ईन टिमवर्क’ भन्ने नाराका साथ सुरु भएको आफ्नो कार्यकालको ३ महिना १४ दिनमा धेरै भन्दा धेरै सेवाका कार्य सम्पादन गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटीले ३ महिनाको छोटो अवधिमा डिष्ट्रिक्ट गभर्नर बसेलको सफल नेतृत्वले नेपालका सबै लायन्सलाई गौरव महसुस गर्ने वातावरण बनेको उल्लेख गर्नुभयो ।
यसैगरी, एलसिआइएफ एरिया लिडर राजन लम्सालले डिष्ट्रिक्टले संचालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन र दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ के का डिष्ट्रिक्ट गभर्नर राजेन्द्र बाटाजु, निवर्तमान मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, फस्ट भिडिजी चन्द्रकुमार केसी, सेकेण्ड भिडिजी विनोद ढुंगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, क्याविनेट सेक्रेटरी हरिराज पन्त, लियो काउन्सिल प्रेसिडेन्ट सुदाम लामिछाने बोल्नुभएको थियो ।
क्याविनेट मिटिङको आयोजक क्लब लायन्स क्लब अफ पोखरा आरम्भले निकालेको स्मारिका र डिष्ट्रिक्ट सचिवालयले प्रकाशन गरेकोे मासिक बुलेटिनको विमोचन गरिएको थियो ।
क्याविनेट सेक्रेटरी हरिराज पन्तले सचिवको प्रतिवेदन र क्याविनेट ट्रेजरर सूर्यनारायण बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गनुर््भएकोे थियो ।
आयोजक क्लब लायन्स क्लब अफ पोखरा अभियानले दोस्रो क्याविनेट मिटिङ सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने क्लबका अध्यक्षहरु, रिजन चेयरपर्सन, जोन चेयरपर्सन लगायतलाई क्लब अध्यक्ष कृष्ण लम्साल, कार्यक्रमका संयोजक प्रेम दाहाल, सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले अर्वाड समेत गर्नुभएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं