ब्याजदर बढेकोमा निजी क्षेत्र आक्रोशित, किस्ता र ब्याज नबुझाउने चेतावनी

ब्याजदर बढेकोमा निजी क्षेत्र आक्रोशित, किस्ता र ब्याज नबुझाउने चेतावनी

20221014_124947

पोखरा, २८ असोज । पोखराका उद्योगी÷व्यवसायीहरुले बैंकले एकाएक कर्जामा बढाएको ब्याजदरको चर्को विरोध गरेका छन् ।

उनीहरुले ब्याजदर नघटाइ पहिलो त्रैमासिक अर्थात् असोज मसान्तमा तिर्नुपर्ने कर्जाको किस्ता र ब्याज नबुझाउने चेतावनी पनि दिएका छन् ।

पोखरा र लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद्सहित १३ वटा व्यावसायिक संघ÷संस्थाले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बैकर्स एसोसियनका अध्यक्ष अनिलकुमार उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै सो घोषणा गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपसँगै कर्जामा ब्याजदर वृद्धि गर्दा समग्र अर्थतन्त्र धराशायी हुने अवस्थामा र निजी क्षेत्र उद्योग÷व्यवसायीहरुले ब्याज, सावाँको किस्ता भुक्तान गर्नै नसक्ने अवस्था सिर्जना भएको जिकिर गरिएको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट पटक–पटक गरिने ब्याजदर वृद्धि तथा असहज अवस्थामा किस्ता भुक्तानीको ताकेता एवं मानमर्दनले निजी क्षेत्र पीडित बनेको छ’,पत्रमा भनिएको छ,‘कोभिडले आक्रान्त अर्थतन्त्र उकालो नलाग्दै औद्योगिक क्षेत्रमा कर्जाको सीमा घट्ने सम्भावनाले देशको कुल ग्राहस्थ उत्पादनमै प्रवाव पार्ने निश्चित भएको छ ।’

ध्यानाकर्षण पत्रमा पटक–पटकको ब्याजदर वृद्धि एवं कर्जा भुक्तानीको उपक्रममा दिइने मानसिक यन्त्रणा एवं चर्को सेवा शुल्क निजी क्षेत्रले धान्न नसक्ने दाबी गर्दै कर्जामा भएको व्याजदर अविलम्ब एकल अंंक हुने गरी घटाउन, व्यवसायीहरुलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न, २०७९ आश्विन महिनाभित्र बुझाउनुपर्ने भनिएको त्रैमासिक किस्ता र ब्याज तिर्ने समयसीमा बढाउन, विभिन्न शीर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शी र मनासिव बनाउन,कर्जाको ब्याजदर पुर्नसंरचना गर्न, बैंक तथा वित्तीय संस्थाले अगाडि बढाएका धितो लिलामीका प्रक्रियाहरु तत्काल रोक्न, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न एवं पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी सो क्षेत्रमा कर्जा प्रवाह गर्न माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा गतवर्ष कार्यान्वयनमा आएका पुनर्कर्जा कोष, पुनर्तालिकीकरण एवं व्यवसाय जीवन रक्षा कोषजस्ता कार्यक्रमहरु अन्तर्गत प्रवाह सेवाको समयसीमा बढाइनुपर्ने माग पनि गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् अर्थमन्त्री र नेपाल राष्ट्र बैंंक पोखरा शाखामार्फत् गभर्नरलाई ध्यानाकर्षण पत्र बुझाइएको संघका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो ।

ध्यानाकर्षण पत्रमा पोखरा उद्योग वाणिज्य संघको तर्फबाट संघका अध्यक्ष पवनकुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा,उद्योग परिसंघ गण्डकी प्रदेशका विनोद शर्मा, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका तर्फबाट केदार पौडेल,पोखरा च्याम्बर अफ कमर्स कास्कीका कार्यवाहक अध्यक्ष उमराज बास्तोला, गण्डकी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठी,एलपी ग्यास बिक्रेता संघ कास्कीका अध्यक्ष बालकृष्ण कोइराला ,अधिकृत बिक्रेता संघ कास्कीका अध्यक्ष अनिल श्रेष्ठ, कास्की हेभी इक्युपमेण्ट व्यवसायी संघ,पोखराका सचिव भीमबहादुर केसी, नेपाल निर्माण व्यवसायी संघ कास्कीका सचिव इ.सिरशकुमार बास्तोला ,घरेलु तथा साना उद्योग महासंघ कास्कीका उपाध्यक्ष भानु भण्डारी र पृथ्वी राजमार्ग यातायात प्रालिलगायतको ऐक्यवद्धता र हस्ताक्षर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀