पोखरा महानगरपालिकाद्वारा आव्हान गरिएको फेवाताल सरसफाइ अभियानमा सहभागी भएर जलकुम्भी झार उखेल्दै पोखराका पर्यटन व्यवसायी । तस्बिरः जमुनावर्षा शर्मा÷रासस
पोखरा, २५ असोज (रासस) :पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ ।
महानगरमा ३३ वटै वडाका वडा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्था, आमा समूह, वित्तीय संस्था, राजनीतिक दल, नागरिक समाजलगायत स्वस्फूर्त सहभागी अभियानकर्मीको सक्रियतामा आज उक्त जलकुम्भीसहितको फोहर फेवातालबाट निकालिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “फेवाताल पोखराको गहना हो । यसको सुन्दरतालाई जोगाउनु महानगरसहित सबैको दायित्व हो, आजको उपस्थितिले पुष्टि गरेको छ ।” उहाँले सबैको सक्रिय सहभागिताले दुई सय ट्रकभन्दा बढी फोहर सङ्कलन गर्न सफल भएको बताउनुभयो ।
उहाँका अनुसार तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार अभियानका क्रममा निकालिएको छ । दीर्घकालीन जलकुम्भी व्यवस्थापनका लागि अब अभियानलाई निरन्तरता दिने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो ।
उहाँले पर्यटकीय नगरी पोखरामा आउने पर्यटकको पहिलो गन्तव्यका रूपमा रहेको फेवातालको सुन्दरता जोगाउन पर्यटन व्यवसायी तथा होटेल व्यवसायीको साथ पनि आवश्यक रहेको जनाउँदै तालको छेउमा ठूलो व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई ताल संरक्षण तथा सरसफाइमा चासो दिन आग्रह गर्नुभयो ।
फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटकपटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको जनाउँदै अबका दिनमा त्यसलाई मर्मत सम्भार गरी सञ्चालनमा ल्याइने पनि उहाँले जानकारी दिनुभयो ।
सरसफाइका लागि फेवाड्याम, ड्यामसाइड पार्क, केदारेश्वर घाट, फिस्टेल घाट, अम्बोट घाट, नयाँघाट, गौरी घाट, बाराही घाट , नेपाल ट्रष्ट, पाहारी घाट, माछासेक्सन, फेवा घाट, स्वीमिङपुल हल्लनचोक, क्याम्पिङ चोक, खहरे घाट, बङ्गलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाटदुना टपरी, क्यारोनो भाखपौदी र इन्दअफ दि लेकका ३३ वडा पोइन्टहरू निर्धारण गरिएको महानगर प्रवक्ता एवं वडा नं २५ का वडाध्यक्ष मोतिराज तिम्सिनाले जानकारी दिनुभयो ।

भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं