सबैतिर दसैं आयो रे

सबैतिर दसैं आयो रे

Ramji
  कविता
सबैतिर दसैं आयो रे
मेरो गाउँमा आयो कि आएन?
किनकि मलाई
अहिलेसम्म पोस्टकार्डमा
शुभकामना कसैले पठाएको छैन।
लङ्गुर बुर्जा किन्न पैसा
कसैले उठाएको छैन।
बिन्ति छ मित्र
मलाई यी प्रश्नको उत्तर
एउटा एउटा गरेर दिनु न
कोट घरमा विधि पूर्वक जमरा राखियो राखिएन?
म देशभित्रै परदेशी बनेको छु
परदेशी साथीहरू गाउँमा आएकि आएनन् ?
कोटमा मार हान्ने हतियार
फूलपातिमा बाटो फाड्ने अौजार
आरनमा लान विर्सनु होला नि !
फूलपातिमा बजाउने बाजागाजा
कोटमा चढाउने बलि
कोटका दिने बडाइका लगि बारूद
तयार भयो होला!
गाउँमा कसको खसी ठूलो रहेछ?
गाउँमा डुलेर हेर्नू भयो होला
आफू त देशभित्रको परदेशी
मन गाउँमा, तन सहरमा
मनले खोजि रहेछ
अनउत्तरित प्रश्नका उत्तर
मलाइ बताइ दिनु न
कालरात्रीको नाच गान तयरी सुरू
भयो कि भएन?
खेतको गोडमेल
सकियो कि सकिएन ?
घर लिप्ने रातो माटो र कमेरो
घरघरमा आयो कि आएन?
अनि खोटो पाक्यो कि पाकेन ?
लिङ्गे पिङको लिङ्गा जङ्गल जङ्गल डुलेर
काटियो कि काटिएन?
बाब्बीयो उठाउने जिम्मा कसले कसले पाए?
(चौडाले) चर्खे पिङका काठहरू
कुनकुन फेर्नु पर्ने छ?
हेरियो कि हेरिएन?
दसैं आयो रे
मेरो गाउँमा आयो कि आएन?
माछा मार्न आपु, खाल्टे र विर्दी खोलाको
पानी कम भयो कि भएन?
जङ्गलमा कटुस खोज्न
जाने सल्लाह भयो कि भएन?
अँ साच्चै
बारीमा बेलौती पाके होलान
सुटुक्क लुकेर झोलामा टिप्नु भयो?
बारीका डिलमा बोडी फले होलान्?
थाक्रामा कसकसका घरमा
दसैंलाई साचेर राखिएका
पाकेर पट्पटी फुटेका
काक्राहरू हेर्नु भयो कि भएन?
यसपालि काक्रा चोरेर खाने
योजना यस पालि पनि छ होला नि?
सेल रोटी पकाउने
समग्री जम्मा भयो होला?
चिउरा कुटनी
अनि तेल पिसनी पनि भयो नि?
गाउँमा यसवर्ष कसकसको बिहे भयो?
कुरौनी घोट्न दूध जम्मा गरियो कि गरिएन?
म देशभित्रै परदेशी
मैले गाउँलाई खोजी रहेछु
मलाई गाउँले खोजेको छकि छैन?
मेरो आत्मीय मित्रलाई
शुभकाना दिदै लेखेको छु
उसले बुझ्ने छ
दसैंमा रमाइलो गर्ने हो
तडक भड्क छोड्ने हो
आफ्नो संस्कार मनाउने हो
घाँटी हेरेर हाँड निल्ने हो ।
लेखक ः रामजी आचार्य
रूपा -५ देउराली खडागाँउ
हाल गैँडाकोट -२ नवलपुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

कृपाको चिसो बतास बजारमा
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
लोकजीवनका भाका सुसेल्ने वसन्त
पञ्चेबाजा बजाउने बागलुङका आमाहरू

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀