पोखरा, ८ असोज । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीमा बृहत्त यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्वन्धी तालिम शुरु भएको छ ।
नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिम कास्कीको लुम्लेमा तीन दिनसम्म चल्नेछ ।
युवा वर्गका लागि आवश्यक यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी ज्ञान दिने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक क्षेत्रमा वकालत गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिममा विभिन्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसहित २८ जना युवाको सहभागिता रहेको कार्यक्रम संयोजक विष्णु दाहालले जानकारी दिनुभयो ।
तालिममा नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालय ग्याक परियोजना कार्यक्रम अधिकृत नारायणी त्रिपाठी, युवाहरु सविना तिमिल्सिना, विष्णु दाहाल, कृषा सिग्देल, सपना थापा, निराजन अधिकारी, संघका वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी,स्टाफ नर्स अनुषा भुजेललगायतले सहजिकरण गर्नुहुनेछ ।
तालिमको उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देलले युवा तथा लैङ्गिक अल्पसंख्यको महत्व बुझेर नै संघले विभिन्न अभियानहरु संचालन गरेको बताउनुभयो ।
उहाँले लैङ्गिक तथा अल्पसंख्यक समुदायका लागि समलिङ्गी बिबाहको पक्षमा वकालत गरेको र हर्माेनल तथा लेजर थेरापी सेवा संचालन गरेको जानकारी दिनुभयो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति निरञ्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश संयोजक उमेशराज पराजुली, कास्की उपसभापति नवीन सिग्देल, सचिव निशा भण्डारी, युवा संयोजक सविना तिमिल्सिना, नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालय ग्याक परियोजना कार्यक्रम अधिकृत नारायणी त्रिपाठी, वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी, युवा सदस्य सपना थापाले बोल्नुभएको थियो ।
भर्खरै
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं