पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको ११ औ साधारणसभा तथा छैटौं अधिवेशनले टुवराज बास्तोलाको अध्यक्षतामा क्याम्पस संचालक समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन हुनुभएको छ । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुई जना पदेन सदस्य रहनु हुनेछ । २१ सदस्यीय हुने समितिमा १४ सदस्य पछि मनोनित गरिने छ ।
अध्यक्ष बास्तोलाले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्नुभयो ।
फूलवारी क्लबका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीज लगायतका संस्थामा रहेर आफ्नो क्षमता प्रदर्शन गर्नुृभएका बास्तोला शैक्षिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ ।
एमबीए गर्नुभएका उहाँ हाल रत्नज्योती बोर्डीङ स्कूलको प्राचार्य पनि हुनुहुन्छ ।
भर्खरै
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं