पोखरा, १ असोज । पछिल्लो समय मुलुकका मुख्य सहरहरूमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग तीव्र गतिमा फैलिरहेका बेला पोखरा महानगरपालिकामा पनि यस विरुद्धको सचेतना अभियान शुभारम्भ गरिएको छ ।
महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेंगु रोग रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरु गरिएको हो ।
सो अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसको रोकथामका लागि नागरिक सचेतना आवश्यक रहेको बताउनुभयो ।
“यसको थप उपचार भन्दा पनि यसलाई फैलन नदिनका लागि प्रमुख उपाय भनेको जनजागरण नै हो, उहाँले भन्नुभयो, ‘लामखुट्टेको टोकाइबाट सर्ने भएकाले त्यसको वासस्थान खोज्ने र नष्ट गर्ने नै हो ।” लामखुट्टेको सम्भावित वासस्थानको पहिचान गरी नष्ट गर्ने अभियानमा साथ दिन उहाँले आम सरोकारवालाहरूलाई आह्वान समेत गर्नुभयो ।
ग्यारेज तथा कवाडी सङ्कलन केन्द्रहरूमा रहेका पुराना टायर लामखुट्टेको सुरक्षित वासस्थानका रूपमा पाइएकाले त्यस प्रकृतिका व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई थप सचेतना अपनाउन उहाँले आग्रह गर्नुभयो ।
कवाडी सङ्कलन केन्द्रहरूलाई डेंगु लगायतका सरुवा रोगहरूको कारकका रूपमा विभिन्न अध्ययनहरूले देखाएको उल्लेख गर्दै उहाँले ती व्यवसायलाई आवास क्षेत्रको ५०० मिटर टाढा स्थानान्तरण गर्नका लागि ३५ दिने सूचना समेत जारी गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य महाशाखाका प्रमुख कृष्ण प्रसाद अर्यालले यसको प्रकोप रोक्नका लागि सरोकारवालाहरूको एकीकृत प्रयासमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “डेंगु रोग पोखरा महानगरपालिकामा मात्र नभई राष्ट्रिय समस्याका रूपमा देखिएकाले यसको नियन्त्रणका लागि एकीकृत प्रयास आवश्यक छ ।”
उहाँका अनुसार पोखरामा हालसम्म १०० बढी डेंगुका केशहरू फेला परेका छन् । डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो ।
डेंगुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं