पोखरा, २३ भदौं । नेपाली काँग्रेस कास्कीले पोखरामा बिहीबार पाँच दलीय गठबन्धन बीच चियापान तथा भेटघाट कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले इमान्दापूर्वक एकता कायम गरी गठबन्धनका उद्देश्यहरुलाई सफल पार्नुपर्ने बताउनुभयो ।
उपलब्धी प्राप्तिका लागि गठबन्धनका दलहरु बीच निरन्तर संवाद, छलफल जारी राख्नुपर्ने भन्दै उहाँले कास्की काँग्रेसले जिल्लास्तरमा सुरुवात गरेको उल्लेख गर्नुभयो ।
पोखरा चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका कास्कीमा रहेका केन्द्रीय र जिल्लास्तरका नेताको सहभागिता रहेको थियो ।
कास्कीमा पाँच दलीय गठबन्धनका नेता बीच परिचय, छलफल र निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना जानकारी कास्की काँग्रेसका सह सचिव नवीन सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रम कास्की काँग्रेसका सचिव भानु ढकालले संचालन गर्नुभएको थियो ।
यसैबीच, नेपाली काँग्रेसले शुरु गरेको‘ ‘जनताको साथमा काँग्रेस’ अभियानको पहिलो चरणको कार्यक्रम भोली समापन गरिदैछ । भोली वीपी जयन्तीसँगै समापनको अवसरमा कास्की जिल्लाभर विविधि कार्यक्रम गरिने कास्की काँग्रेसले जनाएको छ ।
भर्खरै
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं