पोखरा, १८ भदौं । निर्माण व्यवसायी समिति पोखराले रजत जयन्ती मनाएको छ ।
समितिले शनिवार पोखरामा कार्यक्रम गरी रजत जयन्ती मनाएको हो ।
त्यस अवसरमा मानव सेवा आश्रम हेमजाको भवन निर्माणका लागि समितिले एक लाख एक हजार सहयोग गरेको छ ।
त्यस्तै, ओपेरा ग्र्रुप्स एण्ड प्रा.लिले आश्रमका लागि दुई÷दुई थान ढोका र झ्याल सहयोग गर्ने घोषणा गरेको छ । प्रा.लिका अध्यक्ष एवं समितिका वरिष्ठ उपाध्यक्ष बेल बहादुर बस्नेत(नवराज)ले सहयोगको घोषणा गर्नुभएको हो ।
निर्माण व्यवसायी समितिले व्यवसायीको हक, हितसँगै सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्दै आएको अध्यक्ष नारायण गुरुङले बताउनुभयो ।
कार्यक्रममा बोल्ने निर्माण व्यवसायीहरुले पोखरा महानगरपालिकाले आफूहरुलाई अपमान गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीले समितिसँग सहकार्य, समन्वयसँगै नियमनकारीको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई कानून कार्यन्वयनमा साथ दिन सबैलाई अनुरोध गर्नुभयो ।
समितिका निवर्तमान अध्यक्ष अर्जुन थापाले जनधनको सुरक्षाका लागि भुकम्प प्रतिरोधात्मक निर्माण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा प्रमुख सल्लाहकार पर्व छिरिङ शेर्पा, पूर्व अध्यक्ष भीम बहादुर शाही, काण्ठ एशोसियशनका वरिष्ठ उपाध्यक्ष थोमनाथ अर्याल, नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देल, शुक्ला गण्डकी निर्माण व्यवसायी समितिका अध्यक्ष विष्णु कुमार पौडेल, श्रम निर्माण व्यवसायी समितिका सल्लाहकार तीर्थराज मगर र सेकोनका किसानसिंह गुरुङले बोल्नुभएको थियो ।
समितिका अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बेल बहादुर बस्नेत(नवराज)ले स्वागत र महासचिव शिव बहादुर खड्काले संचालन गर्नुभएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं