गण्डकी, १६ भदौ (रासस) :निरन्तरको झरीले जनसाधारणमा कष्ट थपेको छ ।
सडक, बिजुलीजस्ता जरुरी सेवा रोकिँदा जनजीवन प्रभावित बनेको हो । कतै पहिराको त्रास छ, कतै डुबानको ।
गए रातिदेखि अवरुद्ध पोखरा–बागलुङ राजमार्ग अपराह्नपछि बल्ल सञ्चालनमा आएको छ । पर्वतको मोदी गाउँपालिका–५ अम्बोटमा पहिरो खस्दा सवारी आउजाउ रोकिएको थियो ।
डोजर लगाएर पहिरो पन्छाएपछि बिहीबार दिउँसोे १ः३० बजेदेखि सडक खुलेको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक ताराप्रकाश खत्रीले जानकारी दिनुभयो । “गए राति ३ बजेदेखि सडक अवरुद्ध थियो, चार घण्टा लगाएर सञ्चालनमा ल्यायौँ”, उहाँले भन्नुभयो ।
मध्यपहाडी लोकमार्गमा पर्ने उक्त खण्डमा पहिरो खस्दा पोखरा हुँदै धौलागिरि क्षेत्रमा चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन बाटैमा रोकिएका थिए ।
यात्रु घण्टौँसम्म जाममा फसेका थिए । बागलुङ–पोखरा चल्ने जीपका चालक राजेन्द्र विकले पहिरो हटाएपछि यात्रा सहज भएको बताउनुभयो । उहाँले ग्रामीण भेगका सडकमा बर्सातले झन क्षति पु¥याएको उल्लेख गर्नुभयो ।
“तीजको दिनदेखि नै पानी परिरहेको छ, गाउँमा जहीँतहीँका बाटा बिग्रेका छन्, जोखिम मोलेर यात्रा गर्नुपर्छ”, विकले भन्नुभयो । बर्सातसँगै परेको चट्याङले विद्युत् सेवामा पनि अवरोध पु¥याएको छ ।
पोखराको बलाममा गए राति परेको चट्याङले तार चुँडाल्दा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा विद्युत् अवरुद्ध बनेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताउनुभयो ।
“तारमा क्षति पुगेका ठाउँमा अहिले मर्मतकार्य चलिरहेको छ, साँझसम्म बिजुली बल्छ”, उहाँले भन्नुभयो । बिजुली अभावले नेटवर्क कमजोर बन्दा टेलिफोन र इन्टरनेट सेवा पनि प्रभावित हुन पुगेको छ ।
वर्षा ऋतु सकिने बेलातिर परेको झरीले जनजीवन कष्टकर बनेको हो । पोखरा आसपासको मौसम अहिले पनि धुम्म छ ।
भर्खरै
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं