कास्की, ७ भदौ (रासस)ःकास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।
सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएपछि परिवार र विद्यालयका शिक्षक चिन्तामा परेका छन् ।
सो दिन बिहान ११ः०० बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए । दिउसो ३ः०० आमा मेलाबाट फर्किँदा घरमा नभएपछि त्यसपछि निरन्तर खोजतलास गर्दा पनि सोमबार रातिसम्म फेला नपर्दा चिन्तित बनाएको शुक्ला गण्डकी माविका प्रधानाध्यापक शान्तिरमण पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार किशोर बेपत्ता भएको दिन दिउँसो १ः०० बजेतिर छिमेकीले घरदेखि अन्दाजी पाँच किमी टाढा पोखरा–१९ लामाचौर चोकमा देखेको बताए पनि त्यसपछि केही जानकारी प्राप्त भएको छैन ।
किशोरको साथमा रहेका मोबाइल, पैसा र पर्सलगायतका सामग्री पनि घरमै फेला परेको छ । विद्यालयमा सञ्चालन भइरहेको परीक्षामा आइतबार घर्तीमगर अनुपस्थित भएपछि विद्यालयले पनि खोजी गरेको थियो ।
प्रधानाध्यापक पोखरेलले भन्नुभयो, “विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले अनुपस्थित भएपछि घरमै गएर सोधपुछ गर्दा विद्यार्थी घर्तीमगर सम्पर्कविहीन भएको जानकारी पायौँ, त्यसपछि विद्यालयले पनि धेरै ठाउँमा सम्पर्क गरेर खोजविन गरे पनि फेला पार्न सकेका छैनौँ ।
खोजीका लागि प्रहरी र गाउँपालिकामा समेत आग्रह गरेका छौँ ।” किशोरको घरको आर्थिक अवस्था कमजोर रहेको छ । बाबुआमा सामान्य मजदुरी गरेर घर–व्यवहार चलाउँदै आएको र सन्तान हराएपछि आफन्तलगायत धेरै ठाउँमा खोजतलास गर्दासमेत फेला नपरे पनि परिवार चिन्तामा परेको विद्यालयले जनाएको छ ।
कम बोल्ने स्वभावको भए पनि किशोर अध्ययनसँगै घरायासी काममा पनि सहयोगी भावनाका थिए । उनी कक्षा ४ देखि सोही विद्यालयमा अध्यनन सुरु गरेका हुन् ।
विद्यालय र परिवारले हराएका किशोरको खोजीका लागि आग्रह गरेको छ । किशोरलाई कोही कसैले फेला पारेमा विद्यालयका प्रअ पोखरेलको मोबाइलन नं ९८४६२३२८५८ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
भर्खरै
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं