अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा जात्रा

अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा जात्रा

bhagwati jatra 1

सुशीला रेग्मी

रामपुर (पाल्पा), ४ भदौ (रासस) :पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ ।

गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ ।

भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ : ४५ मा भगवतीको प्रतिमूर्ति राखिएको रथलाई उठाएर नगर परिक्रमा गराइएको छ ।

भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाइका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ । जात्रा अवलोकन गर्नेको विभिन्न जिल्लाबाट दर्शकको ठूलो भिड लागेको थियो ।

पछिल्ला दुई वर्ष कोभिड–१९ को प्रभावले औपचारिकताको लागि मन्दिर परिषरमा रथ घुमाएर जात्रा निकालियो । यसवर्ष भने परम्परादेखि चलिआएका विधिअनुसार तानसेन नगर परिक्रमा गराएर हर्ष बढाइका साथ जात्रा निकालिएको रणउज्जेश्वरी भगवती गुणी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो ।

यसवर्ष निकालिएको जात्रा २०४औँ पटक हो । जात्रा मनाउन तानसेन र वरपरबाट आएकाले भाकल अनुसारको कुखुरा, हाँस, बोका, राँगो, आदि बली दिएर बिहानैदेखि पूजा दिनेको घुइँचो लागेको थियो ।

यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले ऐतिहासिक भगवती जात्रा राष्ट्रिय वीरतासँग जोडिएको भए पनि यो जिल्लामै सीमित बन्न पुगेको बताउनुभयो ।

राष्ट्रियतासँग जोडिएको भएकाले पनि सङ्घीय सरकारले भगवती जात्रालाई राष्ट्रियकरण गर्नुपर्ने र प्रदेश सरकारले विशेष महत्वका साथ हेर्ने गरेको मन्त्री राना बताउनुहुन्छ ।

नेपाल–अङ्ग्रेज युद्धमा गएका बेला तत्कालीन पाल्पाका कर्णेल उजीरसिंह थापाले भगवतीको रथयात्रा सुरुवात गरेका हुन् । पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिरसिं थापाको नेतृत्वमा नेपालले विसं १८७१ पौष देखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर रुपमा विजय उत्सव मनाइँदै आइएको छ ।

भगवतीको जात्रा निकाल्नुभन्दा अघिल्लो राति नेपाली सेनाले सलामी दिँदै रथ पूजा, भजनकृतन गरिएको थियो । घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अङ्ग्रेजको हातमा पर्न नदिन कर्णेल थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्य भागमा रहेको भगवती देवीको पाउँ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाइ सिन्दुरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउने छु भनी भाकल गरेका थिए ।

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्रकृष्ण पक्षको नवमीको दिन भगवतीको रथजात्रा सञ्चालन हुँदै आएको छ ।

अङ्ग्रेजलाई युद्धमा हराएको विजय जात्राको रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउज्जेश्वरीबाट चर्चित रहँदै आएको छ । यहाँको पुरानो र प्रख्यात रहेको जात्रा हेर्नका लागि पाल्पा सहित गुल्मी, बुटवल, काठमाण्डौँलगायत विभिन्न जिल्लाबाट दर्शक आउने गर्दछन् ।

इतिहाससँग जोडिएको हुँदा पनि यस जात्रालाई दर्शकले विशेष महत्वका रुपमा लिने गर्दछन् । भगवती जात्राका दिन लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀