पोखरा, ४ भदौ । तीजको अवसरमा स्याङ्जाली दिदीबहिनी एकता समाज कास्कीले पोखरामा शनिवार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।
दिदीबहिनी बीच आपसी सद्भाव विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एक सय बढी दिदीबहिनीको सहभागिता रहेको सहसचिव गिता पगेनीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री पद्मा अर्यालले अहिलेका महिलाहरु घर चलाउने गृहिणी मात्र नभएको बताउनुभयो । महिलाले समाज, पार्टी र देश चलाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देल, भिरकोट सामिप्य सदनका अध्यक्ष श्याम रेग्मी, पर्यटन व्यवसायी महिला संघ नेपाल अध्यक्ष रेणु थापा, मुक्तिनाथ विकास बैंक लिमिटेड लघु बैकिङ्ग प्रमुख शर्मिला लम्साल र भिरकोट पोखरा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टोल प्रसाद अर्याल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमका लागि दिकान्सा ज्वेलर्स, रत्न इम्पोरियम, कृश रक्षा कलेक्सन, नन्द इम्पोरियम, चरक मेमोरियल हस्पिटल र शालिमा बुटिकले सहयोग गरेका थिए ।
स्याङ्जाली दिदीबहिनी एकता समाज कास्कीका अध्यक्ष सङ्गिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला सुनारले स्वागत र सचिव सपना गिरीले संचालन गर्नुभएको थियो ।
भर्खरै
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं