घोराही, २ भदौ (रासस) :दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ ।
विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हँुदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ ।
क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुङ्गा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान लागेका थिए ।
लमही–९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्यनरत १६ वर्षीय सन्दिप विकको लमहीमा उपचार जारी रहेको छ ।
यीबाहेक अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ । विद्यार्थी सवार डुङ्गा पल्टिएपछि उनीहरुका कापी, किताब, झोला सबै भिजेर नष्ट भएका छन् । दुर्घटना भएको देख्ने बित्तिकै स्थानीयवासीले बालबालिकाको उद्धार गरेका थिए ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं