पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

RK_POKHARA (1)

नेपाल पत्रकार महासंघ कास्कीद्वारा शुक्रबार आयोजित ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७, २०७८ अर्पण समारोह’मा सहभागी गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलगायत। तस्वीर ः राधिका कँडेल/रासस

कास्की, २० साउन (रासस) :गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज उहाँले भन्नुभयो, “जहाँ स्वतन्त्रता हुँदैन त्यहाँ पत्रकारिताले स्वतन्त्रता प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्दछ ।”

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समाजले पत्रकारिता क्षेत्रलाई सदैव सम्मान र भरोसा गर्दै आएकाले जनविश्वासमा कमी आउने खालका गतिविधि हुन नहुनेमा जोड दिनुभयो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले सञ्चार क्षेत्र आवाजविहीनको आवाज बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पोखराका क्रियाशील पत्रकारद्वय रामप्रसाद तिमिल्सिना र राम गुरुङलाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पुरस्कृत गरिएको छ ।

गुरुङलाई विसं २०७७ र तिमिल्सिनालाई विसं २०७८ को पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशि जनही रु २५ हजार एक, दोसल्ला र सम्मानपत्र रहेको छ ।

पत्रकार तिमिल्सिना महासङ्घका उपाध्यक्ष हुनुुहुन्छ । गुरुङ लामो समयदेखि फोटो पत्रकारितामा आबद्ध हुनुहुन्छ । पोखरा–११ फूलबारीका पत्रकारसमेत रहनुभएका स्व भण्डारीको स्मृतिमा उहाँको परिवारजनबाट स्थापना गरेको पुरस्कारबाट बर्सेनि एकजनालाई सञ्चारकर्मीलाई पुरस्कृत गरिँदै आइएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा शुक्रबार प्रदान गरिएको रु २५ हजार १ राशीको ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्राप्त गरेपछि फोटो पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेना। तस्वीर ः राधिका कँडेल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.35
Indian Rupee 
Indian Rupee
85.18
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.22
US Dollar 
US Dollar
1
24 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀