कास्की, ६ साउन (रासस) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिनुभएको छ ।
मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उहाँ देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिनुभएको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सातवटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ ।
प्रमुख आचार्यलाई सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) (ग) बमोजिमको स्थानीय तहतर्फको विषयगत समितिको सदस्य पदमा मन्त्रीस्तरीय निर्णयबाट यही साउन १ गते सदस्य तोकिएको हो ।
पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराका प्रमुख आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ ।
प्रमुख आचार्यले देशभरका स्थानीय तहमध्येबाट पोखरा महानगरको प्रमुखलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखरावासीको अपनत्व लिएकोे बताउनुभयो ।
उहाँले पर्यटन मन्त्रालय र मन्त्रीप्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौँ, सङ्घीय पर्यटनमन्त्रीज्यूले यसको प्रक्रिया आगाडि बढाएको र मन्त्रिपरिषद्मा लैजाने पनि जानकारी दिइसक्नुभएको छ, मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तहमध्येबाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ ।”
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं