कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको पहलमा आज लैनचौर व्याङ्क्वेटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे निरन्तर छलफल तथा बहस गरेर अगाडि बढ्ने निष्कर्ष निकालिएको छ ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य पौडेलले कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई कसरी देशभर लैजान सकिन्छ भन्नेबारे उक्त मञ्चमा छलफल हुने बताउनुभयो ।
“पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरुले लामो समय बोल्न पाउँदैनन् । त्यसैले देशको समसामयिक तथा राष्ट्रिय समस्याको बारेमा विज्ञलाई बोलाएर छलफल गर्नसमेत नयाँ फोरम आवश्यक हुने भएकाले छलफलका लागि केन्द्रीय सदस्यलाई आमन्त्रण गरेका हौँ”, उहाँले भन्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य पाख्रिनले देशमा देखिएका प्रमुख समस्या समाधानका लागि सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल गर्नुका साथै छलफलबाट निस्केको सुझावलाई पार्टी केन्द्रीय समितिमा सुझावको रुपमा प्रस्तुत गर्न यस्तो भेलाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्यद्वय उमेशजङ्ग रायमाझी र सीता गुरुङले देशका प्रमुख विषय वस्तुमा केन्द्रित रहेर उक्त भेलामा छलफल हुने बताउनुभयो ।
कांग्रेस सङ्खुवासभाका सभापति एवं पूर्वराज्यमन्त्री खड्काले आगामी निर्वाचनमा कसरी कांग्रेसलाई विजय गराउन सकिन्छ भन्नेबारे छलफल गर्न नयाँ फोरम निर्माण गर्न लागिएको बताउनुभयो ।
छलफलमा कांग्रेसका पदाधिकारीबाहेक अधिकांश केन्द्रीय सदस्य, सांसद एवं पूर्वमन्त्रीहरुको सहभागिता थियो । पार्टीलाई बलियो बनाउन उक्त छलफललाई अब निरन्तर चलाइने कांग्रेस सङ्खुवासभाका सभापति खड्काले बताउनुभयो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं