शिवालयमा बिहानैदेखि चहलपहल

शिवालयमा बिहानैदेखि चहलपहल

RambahadurThapa_Baglung_RSS_02

साउनको पहिलो सोमबार बागलुङ नगरपालिका–९ तित्याङस्थित शिवालय मन्न्दिर परिसरमा देखिएको भक्तजनको चहलपहल । तस्बिर ः रामबहादुर थापा÷रासस

बागलुङ, २ साउन (रासस) ः आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ ।

शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ ।

विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहान ३ बजेदेखि नै चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताउनुभयो । “बिहानैदेखि भक्तजनको भीड लागेको छ, भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाएका छौँ”, उहाँले भन्नुभयो, “दुई वर्ष कोभिडले प्रभाव पारे पनि अहिले मन्दिरमा राम्रो चहलपहल छ, उमङ्गको वातावरण छ ।”

अध्यक्ष जिसीले पूजाको व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक खटाइएको बताउनुभयो । भक्तालुको सुविधालाई हेरेर खानेपानीको निःशुल्क प्रबन्ध गरिएको छ । विसं २०५८ मा निर्मित उक्त मन्दिरमा बर्सेनि शिवरात्रि र साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ ।

बागलुङ –९ तित्याङस्थित शिवालय मन्दिरमा पनि भक्तजनको चहलपहल देखिएको छ । बागलुङ बजार र आसपासका गाउँबाट भक्तालु शिवको पूजाआरधाना गर्न त्यहाँ आउँछन् ।

काठखोला गाउँपालिका–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा हुन्छ । विसं २०४० मा दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले स्थापना गर्नुभएको उक्त मन्दिरमा ५०० किलोको शिवलिङ्ग छ ।

भारतको नर्मदा नदीबाट ल्याएर उक्त शिवलिङ्गलाई त्यहाँ प्रतिस्थापन गरिएको हो । उक्त मन्दिरमा बर्सेनि जेठ ११ मा भगवान् शिवको रथयात्रा पनि निकाल्ने गरिन्छ ।

शिवरात्रि, बालाचर्तुरदशीलगायतका पर्वमा त्यहाँ धार्मिक मेला लाग्छ । गलकोट–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिरसहित यहाँका सबै शिवालयमा साउने सोमबारभर भक्तालुको भीड लाग्छ ।

सिद्धेश्वरमा शिवलिङ्ग मण्डप पनि निर्माण गरिएकाले भक्तजन आकर्षित हुने गरेका छन् । ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ ।

यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ । शिवलाई देवाधिदेव महादेवका रुपमा पुजिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
28 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 28 Nov 2025 00:25 UTC
Latest change: 27 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
142.9
Indian Rupee 
Indian Rupee
89.27
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
156.35
US Dollar 
US Dollar
1
28 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 28 Nov 2025 00:25 UTC
Latest change: 27 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀