आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८÷७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताउनुभयो ।
उहाँले स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको छ ।
स्नातक तहतर्फको कार्यक्रममा एमबिबिएस उपत्यकाभित्र रु ४१ लाख ६८ हजार ९०, एमबिबिएस उपत्यकाबाहिर रु ४५ हजार ९५ हजार ७२०, विडिएस रु २० लाख ९२ हजार २९०, बिएस्सी नर्सिङ रु १० लाख ३६ हजार शुल्क निर्धारण गरिएको छ ।
यस्तै बिएस्सी एमआइटी, बिपिटी, बि. मेडिकल माइक्रोलोजी र बि. बायोक्यामेस्ट्री, बिपिएच, बिफार्मेसी, विपर टेक, बिएएसएलपी लगायतको शुल्क रु सात लाख ७७ हजार तोकिएको छ ।
यस्तै स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोजी र एमएस्सी मेडिकल बायोक्यामेस्ट्री, एमएस्सी एमआइटी, एमएस्सी एमएलटीको पनि रु सात लाख ५७ हजार ८३० तोकिएको छ ।
स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको रु तीन लाख चार हजार २२० र डिएम÷एमचिएचको रु २५ लाख ९० हजार शुल्क तोकिएको आयोगका उपसचिव शर्माले जानकारी दिनुभयो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं