पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो ।
उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा प्रारम्भिक छलफल भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले राससलाई जानकारी दिनुभयो ।
पार्टीले सो मस्यौदा र भ्रातृ एवं शुभेच्छुक संस्थाको बारेमा छलफल गर्न पार्टीका केन्द्रीय सदस्य रमेश लेखक, मीन विश्वकर्मा र पुष्पा भुसाललाई जिम्मेवारी दिएको छ ।
बैठकमा म्याद सकिएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यता पाऊँ भनी पार्टीमा दिएको निवेदनका बारेमा पनि छलफल भएको सहमहामन्त्री पाण्डेले बताउनुभयो ।
“पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यताको बारेमा अब बस्ने केन्द्रीय समितिको बैठकमा कसरी छलफल गराउने भन्ने बारेमा पदाधिकारी बैठकमा छलफल भएको छ”, उहाँले भन्नुभयो । आगामी बैठक आगामी असार २६ गते आइतबार बस्ने जनाइएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं