साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट

साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट

lisence
चितवन, २१ असार (रासस) जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ ।

आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ ।

कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उहाँको भनाइ छ ।

प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको छ । पौडेलको भनाइमा दुई वटा कम्पनी प्राविधिक छनोटमा परेका छन् । यही असार २३ गते ती कम्पनीको आर्थिक प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा खोलिँदै छ ।

त्यसपछि सात दिनको आसय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो “यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्नेछौँ ।” अथवा साउन दोस्रो साताबाट प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ ।

चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् ।

थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताउनुभयो ।

चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उहाँले जानकारी दिनुभयो । ‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् ।

जिल्लाका बासिन्दा अनुमतिपत्रका लागि हेटौंडा, वीरगन्ज, कावासोती, काठमाण्डौं लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको छ । उहाँको भनाइमा हेटौंडामा जाने ७० प्रतिशत चितवनका हुन् ।

कावासोतीमा जानेमा आधा यही जिल्लाका छन् । हेटौंडामा सातामा चार सय हाराहारी कार र एक हजार हाराहारी दुई पाङ्ग्रे सवारीका लागि अनुमति पत्र लिनेहरुले परीक्षा दिँदै आएका छन् । उहाँका अनुसार हेटौंडाको भन्दा केही बढी चितवनमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
छिमेकी घट्दै, गाउँको रौनक हराउँदै
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
29 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.67
Indian Rupee 
Indian Rupee
86.63
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
148.47
US Dollar 
US Dollar
1
29 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀