लमजुङ, १ असार (रासस):लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ ।
कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो ।विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत जिल्लामा भेटिएका हुन् ।
परियारको उद्धार गरी ल्याइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुुभयो । प्रहरीले नेपाली राजदूतावास, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो, दिल्लीस्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुरको सहयोग र समन्वयमा परियारको उद्धार गरी नेपाल ल्याएको हो ।
परियारलाई प्रहरीले उनका आफन्तको जिम्मा लगाएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं