गोरखा, १५ जेठ (रासस) ःउत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ ।
चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम क्षेत्रमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रीकल्चरल एन्ड एसोसिएशन ब्रिटिस गोर्खाज नेपालको सहयोगमा चुम्चेतका बस्ती बिजुली बत्ती बाल्न सफल भएको उहाँको भनाइ छ ।
चुम्चेतको खोलामा निर्माण गरिएको उक्त आयोजनाबाट स्थानीय चुम्लिङ, चुम्चेत, थार, सिप्चेत, डुम्जो, रेन्ञम, यार्चोलगायतका क्षेत्रमा बिजुली बत्ती पुगेको अध्यक्ष लामाले बताउनुभयो । गाउँमै बिजुली बत्ती बाल्न पाएपछि स्थनीय बासिन्दा खुसी भएको उहाँले बताउनुभयो ।
बिजुली बत्ती नहुँदा बत्ती बाल्न मात्र नभएर कुटानी पिसानीमा दुःख खेप्दै आएका चुम्चेतका स्थानीय बासिन्दाहरुलाई अब सजिलो हुने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । गएको मङ्सिरबाट निर्माण सुरु भएको आयोजना झन्डै सात महिनामा निर्माण सम्पन्न भएको हो ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं