पोखरामा रगत अभाव

पोखरामा रगत अभाव

Nurse holding Blood bag for patient in hospital

कास्की, ५ जेठ (रासस) ःस्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ ।

निर्वाचनका समयमा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो ।

केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालमा उपचाररत बिरामीलाई आपूर्तिमा कठिनाइ हुन थालेपछि आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

सिर्जना विकास केन्द्रको आयोजना र रक्त सञ्चार केन्द्रको समन्वयमा पोखरा महानगरको मतगणना भइरहेको शहीदचोकस्थित उपत्यका नगर विकास समिति भवन अगाडि गरिएको कार्यक्रमबाट ६६ युनिट रगत सङ्कलन भयो ।

क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले वैशाख २६ गतेदेखि नियमित रक्तदान कार्यक्रम नहुँदा केन्द्रमा रगत अभावपछि आकस्मिक कार्यक्रम गर्नुपरेको बताउनुभयो ।

अभावका समयमा व्यक्ति तथा संस्थाले कार्यक्रम आयोजना गरेर रगत उपलब्ध गराउनसमेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मानिस स्थानीय चुनावमा व्यस्त भए, चुनावपछि पनि परिणाम कुर्दा सङ्घ संस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन् । अहिले रगतको अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम भोलि पनि गर्छौं ।”

रक्तसञ्चार केन्द्रले अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएकाले हाहाकारको अवस्था भने नरहेको जनाएको छ । सहज आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने प्रमुख ज्ञवालीले बताउनुभयो ।

सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले गणतन्त्र दिवसका अवसरमा संस्था बर्सेनि खुला रक्तदान कार्यक्रम गर्ने गरे पनि अहिले रगत अभाव भएको जानकारी प्राप्त भएपछि नियमित कार्यक्रम अघि सारिएको बताउनुभयो ।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ । प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀