हालसम्म १३० पालिकाको मतपरिणाम सार्वजनिक

हालसम्म १३० पालिकाको मतपरिणाम सार्वजनिक

Nirbachan ayog

काठमाडौँ, २ जेठ (रासस) :स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १३० वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ ।

गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ र उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई स्थानीय तह र गोरखाको चुम्नुब्री गाउँपालिकाबाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आज अपराह्न ३ः३० बजेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाध्यक्ष दुई हजार ६७९, वडा सदस्य पाँच हजार ३१८, महिला वडा सदस्य दुई हजार ६७८, दलित महिला सदस्य दुई हजार ६४७ गरी कूल १३ हजार ५८२ जना उम्मेदवार (निर्विरोध समेत) निर्वाचित हुनुभएको छ ।

कूल ७५३ पालिकामा गरी ३५ हजार २२१ पदका रहेका छन् । गणना कार्यमा ढिलाइ भएको सम्बन्धमा पत्रकारहरूले सोधेको प्रश्नमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६४ लहरसम्मको ठूलो मतपत्र हुनु, महानगरलगायत धेरै मतदाता रहेका स्थानमा जनशक्ति, सीसी क्यामरालगायतको व्यवस्थापनका कारणले ढिलाइ भएको र यसबारे आयोगले थप निर्णय गरी गणना छिटो सक्न आग्रह गरेको बताउनुभयो ।

विभिन्न कारणले मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये आज धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका वडा नम्बर ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ को भगवती मावि, बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ को आदारबगर मावि र बझाङकै सुर्मा गाउँपालिका वडा नम्बर ३ कृष्ण प्रावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान भएको छ ।

स्थगन भएकामध्ये जेठ ३ गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं १० को विजय मावि मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको वडा नं ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नं ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुने तय भएको छ ।

यसैगरी जेठ ४ गते तनहुँको व्यास नगरपालिकाको वडा नं. ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिनभित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । आयोगले मतगणनाको परिणाम आयोगको बेवसाइट result.election.gov.np मा हेर्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀