समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

ppp

भिष्मराज ओझा

काठमाडौँ, २७ वैशाख (रासस) : विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ ।

रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा ९रेटिना०बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखापर्छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले साताभरी विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइरहेको जनाएको छ ।

यो रोग करिब १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिन्छ र यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको छ ।

प्रतिष्ठानले अस्पताल हाताभित्र यससम्बन्धी जानकारी दिने ब्यानर, फ्लेक्स, ब्रोसर सहितको जानकारी डेस्क राख्नुका साथै आमसञ्चारका विभिन्न माध्यम तथा सामाजिक सञ्जालको पनि प्रयोग गरिरहेको प्रतिष्ठानका जनसम्र्पक अधिकृत सोनु कुँवर केसीले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा साताभरि आँखामा क्यान्सर भएका बालबालिकाको निःशुल्क जाँच तथा उपचारको व्यवस्था गरिएको र वैशाख २६ गते त्रिवि शिक्षण अस्पतालको आँखा विभागमा दृष्टि एवं जीवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्ता लगाई उपचार गर्ने विषयक अन्तक्र्रिया कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विभिन्न अस्पतालबाट आएका बालरोग विशेषज्ञ साथै बालरोग आवासीय चिकित्सकलाई आँखा विशेषज्ञद्वारा यो रोग कसरी छिटो पत्ता लगाउने र उपचारको लागि जतिसक्दो छिटो आँखा अस्पतालमा पठाउने सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा पूर्णिमा राजकर्णिकारका अनुसार रेटिनोब्लास्टोमा एउटा जटिल रोग भए तापनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामा नै उपचार गरेको खण्डमा बालबालिकालाई पूर्णरुपमा क्यान्सरमुक्त बनाउन सकिन्छ । साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ ।

उहाँका अनुसार रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालोनानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । साथै रङ्गीन फोटोमा आँखाको नानीमा सेतो टीका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु, आखाँको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु यसका लक्षण हुन् ।

समयमा उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुनसक्छ । यो क्यान्सर विस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहन्छ ।

डा राजकर्णिकारले भन्नुभयो, “कतिपयले यी लक्षणका जटिलतालाई बुझेका हुँदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जानमा ढिलाइ गर्छन् । यिनै कारणले गर्दा यो रोग लागेका बालबालिका अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेका हुन्छन् ।”

नेपाल लगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ, विकसित देशमा भने पाँच प्रतिशत भन्दा कम पाइएको छ ।

यो रोग लागेका बालबालिकामध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखामा देखापरेमा यो रोग वंशाणुगत हुने तथा शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना हुन्छ ।

यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी, थरमोथेरापी, क्रायथेरापी र रेडियोथेरापी प्रमुख उपचार पद्दति हुन । प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्षदेखि हुँदै आइरहेको छ ।

विगत ६ वर्षदेखि आँखाको क्यान्सर रोग विभागबाट डा राजकर्णिकारद्धारा अझ विस्तृत रुपमा यसको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ‘ओपन आइज नेपाल’को सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.35
Indian Rupee 
Indian Rupee
85.18
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.22
US Dollar 
US Dollar
1
24 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀