रोल्पा, २५ वैशाख (रासस) ःरोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको आठ वर्ष भयो । नौ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाइमा विश्राम लाग्यो । अहिले उनी १७ वर्षकी भइन् ।
ऋमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको चार वर्ष भयो । अपाङ्गता भएको बुवाको दुवै खुट्टाले राम्रोसँग काम गर्दैन । घरमा १४ वर्षकी विपना र नौ वर्षकी दीपा दुई अवोध बहिनी र ८१ वर्षीया हजुरआमा नौला घर्तीमगर मात्रै हुनुहुन्छ ।
दुई दिदीको विवाह भएर गएपछि त उनको स्याहार गर्ने परिवारका सदस्य नै छैनन् । दुवै खुट्टा नचल्ने उनको अचेल कम्मर मुनिको भाग नै चल्दैन । दायाँ खुट्टामा ठूलठूला घाउ आएको छ । घाउ पाकेर पीप चुहिन्छ । चौबिसै घण्टा पिसाव चुहिन्छ । उनलाई एक ठाउँबाट अर्को ठाउँ सार्दा साहारा चाहिन्छ ।
आमा छँदा आमाले र आमाको मृत्युपछि सानीआमाले उनको उपचारका लागि दाङको गोरखा अस्पताल, काठमाडौँको बालकान्ति अस्पताल र टिचिङ अस्पताल, काभ्रे बनेपाको शिर मेमोरियल अस्पताल पु¥याए । तर घरको आर्थिक अवस्था कमजोर भएकी उनलाई पैसा अभावले राम्रो उपचार हुन पाएन । अस्पतालको धान्नै नसकिने शुल्क ।
सहयोग उठाएको दुई÷चार पैसा र ऋण गरेको पैसाले कहाँ धान्थ्यो र । ऋण धेरै भएपछि रु सात लाख मूल्यमा खेत पनि बेच्यो उनको परिवारले । उपचार गर्दा विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न पुगेन खेत बेचेको पैसा । “पैसा हुनेका लागि मात्रै हो अस्पताल गरिब दुःखीलाई हेर्दैनन् ।”
भीमकुमारीको स्याहार गर्दै आएकी विर्षना घर्तीमगरले भन्नुभयो । टिचिङ अस्पतालमा त भर्ना शुल्क नै रु ४५ हजार माग्यो त्यो पैसा कहाँबाट दिने उहाँ भनाइ थियो ।
घर अगाडि तीन महिना खान नपुग्ने पाखो बारीबाहेक अब उनको परिवारसँग अर्थोक केही छैन । साँझ बिहानको हातमुख जोर्न समस्या छ । अहिलेसम्म सानीआमाले चामल, मकै, दालको जोहो गरिदिएकी छिन् ।
अहिलेसम्म जसोतसो साँझ बिहान खाने जोहो गर्दै आएको छु, आफ्नै परिवार पाल्नहम्मे हम्मे परेको मलाई लामो समयसम्म सहयोग गर्नसक्ने हैसियत छैन बिरामीकी सानीआमा विर्षना घर्तीमगरले भन्नुभयो ।
छोरा अपाङ्ग, बुहारीको स्वर्गबास, अपाङ्ग साइली नातिनी लामो समयसम्म बिरामी, काइली र कान्छी दुई÷दुई नातिनी अबोध म कसरी संरक्षण गरुँ ८१ वर्षीया नौला घर्तीमगरले भक्कानिँदै भन्नुभयो । “मेरो परिवारमा यति धेरै पीडा एक्लै कसरी सामना गरुँ”, उहाँले भन्नुभयो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं