बागलुङ, २२ वैशाख (रासस) :खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ ।
बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा दश रेफ्रिजेरेटरमा अट्ने जति खोप भण्डारण गर्न सकिने छ ।
यसअघि भण्डारण क्षमता कम हुँदा यहाँ कोभिड–१९ विरुद्धको खोप आपूर्ति र वितरणमा समस्या भएको थियो । थपिएको भण्डारण क्षमताले बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङलाई समेत पुग्ने निर्देशक खड्काले बताउनुभयो ।
“धौलागिरि क्षेत्रमा खोप भण्डारण र वितरण केन्द्र अब बागलुङ बन्छ”, उहाँले भन्नुभयो, “खोप सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन यसबाट ठूलो मद्दत पुग्छ ।”
निर्देशक खड्काका अनुसार योसहित गण्डकी प्रदेशमा ठूलो क्षमताका चार ‘वाकिङ कुलर’ सञ्चालनमा ल्याइएको छ । यसबाट ५० लाख जनसङ्ख्यालाई पुग्ने खोप भण्डारण गर्न सकिनेछ । गण्डकी प्रदेशको जनसङ्ख्या झण्डै २५ लाख छ ।
कोभिड–१९ महामारीका बेला खोप सेवालाई दु्रत र प्रभावकारी बनाउन सरकारले देशभर भण्डारण क्षमता विस्तारमा जोड दिएको थियो ।
स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले दश घण्टासम्म बिजुली नआउँदा पनि यसको प्रणालीले आफँै धान्ने बताउनुभयो । त्योभन्दा बढी समय बिजुली नआएमा भने जेनेरेटर प्रयोग गर्नुपर्छ ।
खत्रीले अबदेखि कोभिड–१९ जस्ता जुनुसुकै महामारी आउँदा पनि खोप आपूर्ति, भण्डारण र वितरणमा समस्या नहुने बताउनुभयो ।
बालबालिकाले पाउने नियमति खोप सेवादेखि अन्य जुनसुकै खोप सेवाको गुणस्तरीयता बढाउन पनि उक्त चिस्यान कोठाले सघाउ पु¥याउने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कुनै सामान्य तापक्रम त कुनै अत्यधिक चिसोमा राख्नुपर्ने खोप हुन्छन् । अत्यधिक चिसोमा राख्नुपर्ने खोपका लागि भण्डारण क्षमता कम भएपछि सरकारले ‘वाकिङ कुलर’को विस्तारमा लगानी बढाएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले कोभिड–१९ महामारीले खोपको भण्डारण क्षमता विस्तारका लागि आफूहरुलाई झकझक्याएको बताउनुभयो ।
उहाँले यहाँको ‘वाकिङ कुलर’ले धौलागिरि क्षेत्रकै खोप सेवा सञ्चालनमा टेवा पुग्ने उल्लेख गर्नुभयो । “भण्डारण क्षमताको कमीका कारण खोपको आपूर्ति र वितरण प्रभावित हुने अवस्थाको अब अन्त्य भएको छ”, उहाँले भन्नुभयो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं