७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Pro_Ktm_Election_Pressmeet(1)

निर्वाचन आयोगद्धारा चुनावको तयारी लगायतका विभिन्न विषयमा जानकारी दिनआयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेल । तस्बिर ः प्रदीपराज वन्त,रासस

काठमाडौँ, ८ वैशाख (रासस) ःआसन्न स्थानीय तह निर्वाचन सम्पन्न गराउन आज ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको केन्द्र र ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकाको केन्द्रमा कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।

कार्यालयले यही वैशाख १० गतेसम्म व्यवस्थापकीय कार्य गर्नेछन् । “ निर्वाचन कार्यालयले आफूलाई चाहिने कर्मचारी नियुक्त गर्ने, भौतिक सामग्रीको जोहो गर्नेछन्”, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो ।

११ र १२ गते उम्मेद्वारको मनोनयनको कार्यक्रम राखिएको छ । आजैदेखि जिल्लामा निर्वाचन सामग्री पठाउन थालिएको आयोगले जनाएको छ । आज मुगु, बजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँ जिल्लाका लागि निर्वाचन सामग्री पठाइएको छ ।

अन्य जिल्लामा पनि क्रमशः निर्वाचन सामग्री पठाइने प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचन सामग्रीको ढुवानीका लागि ढुवानी व्यवसायीसँग प्रतिस्पर्धात्मकरुपमा छट्टाछुट्टै प्रदेशमा बेग्लाबेग्लै ढुवानी व्यवसायीको छनोट गरिएको उहाँको भनाइ छ ।

मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने र अन्य सामग्रीको नेपाल प्रहरीले सुरक्षा गर्नेछ । निर्वाचनमा आयोगका कर्मचारीसमेत सहभागी हुने र ढुवानी सवारीको जिपिएस ट्र्याकिङ गर्ने व्यवस्था मिलाइएको छ ।

आयोगले आसन्न स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका १० हजार बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्नेछन् ।

निर्वाचन सम्पन्न भएको ३० दिनभित्र पर्यवेक्षण गर्ने संस्थाले आयोगलाई आफ्नो प्रतिवेदन दिनुपर्ने प्रवक्ता पौडेलले जानकारी दिनुभयो । ५३ जिल्लाको १ करोड १९ लाख मतपत्र छपाइ गरिएको छ ।

आयोगले करिब दुई करोड मतपत्र छपाइ गर्ने तयारी गरेको छ । स्थानीय निर्वाचनमा करिब एक करोड ७७ लाख मतदाताको अन्तिम नामावली प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
01 Jun · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 01 Jun 2025 00:45 UTC
Latest change: 31 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.93
Indian Rupee 
Indian Rupee
85.54
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.56
Japanese Yen 
Japanese Yen
143.99
US Dollar 
US Dollar
1
01 Jun · FX SourceRastra 
Nepal Rastra bank
Check: 01 Jun 2025 00:45 UTC
Latest change: 31 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀