चैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन

चैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन

Purna Prasad photo_24_20220406_124554

काठमाडौँ, २४ चैत (रासस) :चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ मा रहेको जागेश्वरी भगवती मन्दिर परिसरमा हारती माताले शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको छ ।

चैत्र शुक्ल प्रतिपदाका दिन चैत १९ गतेदेखि उहाँले आधुनिक विज्ञानलाई चुनौती दिँदै मन्दिर परिसरमा इँटाले बनाएको शरीर अट्ने भागमा सुतेर त्यसमाथि १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको जागेश्वरी भगवती मन्दिर सञ्चालन समितिका अध्यक्ष श्याम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यही चैत १९ गते बिहानदेखि नै माताले शरीरमाथि अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको हो । शरीरमा अखण्ड दीप प्रज्ज्वलन गरेदेखि माताले केही खानुभएको छैन । मुस्किलले अक्सिजन छिर्ने सानो भाग पल्टेर देवीको आराधना भइरहेको मन्दिर सञ्चालन समितिले जनाएको छ ।

तीन वर्षअघि सपनामा गोकर्णेश्वर–४ गोकर्ण देशे गाउँकी नानी देउलालाई हारती माताले दर्शन दिनुभएको थियो । सपनामा हारती माताले उहाँलाई पूजा आराधना गर्नु भनेपछि उहाँ सोही नामको माताका रुपमा देवीको पूजा आराधनामा लाग्नुभएको हो ।

हारती माताले दर्शन दिनुअघि केही समय उहाँ बिरामी हुनुभएको पारिवारिक स्रोतले जनाएको छ । माताले आश्विन शुक्ल पक्षको नवरात्रमा ताप्लेजुङको पाथीभरा देवी मन्दिर परिसरमा शरीरमा जमरा उमार्ने घोषणासमेत गर्नुभएको उहाँकी छोरी विपना देउलाले जानकारी दिनुभयो ।

माताले सपनामा दर्शन दिएदेखि बिहान दैनिक उहाँले पूजा आराधनामा समय बिताउने गर्नुभएको छ । चैत्र नवरात्रका अवसरमा मन्दिर सञ्चालन समितिले त्यस स्थलमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञको समेत आयोजना गरेको छ ।

महायज्ञमा रामानुजदास सन्तोाषजीले कथावाचन गरिरहनुभएको छ । महायज्ञ चैत २८ गतेसम्म जारी रहने आयोजक समितिले जनाएको छ ।

नेपाल सरकारले राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माणस्थलका रुपमा घोषणा गरेको गोकर्णेश्वरको यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको जागेश्वरी मन्दिरमा आयोजित कार्यक्रममा भक्तजनको भीड लाग्ने गरेको छ ।

सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देल गोकर्णेश्वर उत्तरगया क्षेत्र प्राचीनकालदेखि नै सिद्धस्थलका रुपमा रहेकाले साधकका रुपमा माता अघि आउनुभएको बताउनुहुन्छ ।

गोकर्णेश्वर महादेव मन्दिर रहेको यो क्षेत्र सिद्धस्थल भएकैले सरकारले शहीद स्मारक घोषणा गर्दा वनको २४ रोपनी क्षेत्रलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

धार्मिक क्षेत्रअन्तर्गत गोकर्णेश्वर र जागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको समेत अध्यक्ष रहनुभएका सिग्देलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀