कास्कीमा चुनावी सरगर्मी बढ्दै

कास्कीमा चुनावी सरगर्मी बढ्दै

वासुदेव पौडेल

गण्डकी, २२ चैत (रासस)ः स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

नजिकिँदै गरेको निर्वाचनलाई लक्षित गरी दलहरू गाउँगाउँमा आफ्नो चुनाव लक्षित कार्यक्रमलाई अघि बढाएका छन् भने निर्वाचनको तयारीमा निर्वाचन कार्यालय सक्रिय बनेको छ ।

निर्वाचन कार्यालयले जिल्लामा मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । प्रकाशित नामावली अनुसार आसन्न निर्वाचनमा जिल्लामा दुई लाख ८१ हजार ८३३ जना मतदाताले भाग लिँदैछन् ।

तीमध्ये पुरुष एक लाख ३३ हजार ७४२ जना छन् भने महिलाको सङ्ख्या एक लाख ४८ हजार ८७ जना रहेको छ । यस निर्वाचनमा जिल्लामा चारजना तेस्रो लिङ्गी मतदाता सहभागी बन्दैछन् ।

निर्वाचनका लागि १५० मतदान स्थल र ३३६ वटा मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि २०७४ सालको निर्वाचनमा कास्कीमा दुई लाख २४ हजार ८११ जना मतदाता रहेकामा आसन्न निर्वाचनमा ५७ हजार २२ जना थपिएका छन् ।

थपिनेमा रुपा गाउँपालिकामा तीन हजार ३६० जना छन् । रुपामा अघिल्लो निर्वाचनमा ११ हजार ३१५ जना मतदाता रहेकामा यस पटक १४ हजार ६७५ जना मतदाता रहेका छन् ।

त्यस्तै मादी गाउँपालिकामा यस पटक पाँच हजार २२३ जना मतदाता थपिएका छन् । २०७४ मा १३ हजार ५५९ जना मतदाता रहेको मादीमा अहिले मतदाता सङ्ख्या १८ हजार ७८२ पुगेको छ ।

त्यस्तै माछापुच्छ«े गाउँपालिमा यस निर्वाचनमा चार हजार १५ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा १६ हजार ३०१ मतदाता रहेकामा अहिले २० हजार ३१६ जना पुगेको छ ।

अन्नपूर्ण गाउँपालिकामा २०७४ सालमा १५ हजार ५६९ जना मतदाता रहेकामा अहिले चार हजार ७७९ जना थपिएर २० हजार ३४८ जना पुगेको छ ।

जिल्लाकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा आसन्न निर्वाचनमा नयाँ मतदाता ३९ हजार ६४५ जना छन् । २०७४ को निर्वाचनमा एक लाख ६८ हजार ६७ जना मतदाता रहेको पोखरामा यस निर्वाचनमा दुई लाख सात हजार ७१२ जना मतदाता सहभागी बन्दैछन् ।

कार्यालयले निर्वाचनलाई लक्षित गरी सामग्री खरिद एवम् खटिने कर्मचारीको विवरण तयार गर्ने काममा लागेको उहाँले जानकारी दिनुभयो । आसन्न निर्वाचनमा जिल्लामा एक हजार आठजना कर्मचारी खटाइने र स्वयंसेवक तथा सुरक्षाकर्मीसहित दुई हजार ६८५ जना परिचालन हुने उहाँले बताउनुभयो ।

निर्वाचनलाई लक्षित गरी दलहरूले वडा तथा टोलहरूमा गरेका कार्यक्रमले चुनावी माहोल तताएको छ । चुनावलाई केन्द्रित गरी नेपाली कांग्रेस कास्कीले गत फागुन २८ गतेदेखि ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको र त्यसले पार्टी सङ्गठनमा सकारात्मक ऊर्जा थपेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिनुभयो ।

“अभियानसँगै पार्टीभित्र उम्मेदवार छनोटका सम्बन्धमा पनि छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “गठबन्धन दलका बीचमा निर्वाचनमा मिलेर जाने कुरामा सहमति हुनाका साथै कसरी जाने भन्नेबारे पनि निरन्तर छलफल जारी रहेको छ ।”

नेकपा एमालेले निर्वाचनलाई लक्षित गरी वडा एवम् टोल लक्षित गरी विभिन्न कार्यक्रम अघि बढाएको सो पार्टीका जिल्ला अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो ।

“निर्वाचनलाई केन्द्रित गरी जनवर्गीय सङ्गठनहरू परिचालन गरिएको छ, विभिन्न स्थानमा पार्टीका कार्यालयहरू खोलेका छौँ”, उहाँले भन्नुभयो, “उम्मेदवार चयन सम्बन्धमा छलफल भइरहेको छ, हामीलाई उम्मेदवार चयनमा खासै समस्या छैन ।”

नेकपा माओवादी केन्द्रले चुनावलाई लक्षित गरी वडा तथा टोल कमिटीका बैठकहरू गरिरहेको पार्टीको पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो ।

प्रत्येक वडाबाट भोलिसम्म उम्मेदवार हुन चाहने वडाध्यक्ष सहितका पाँचजनाको सकेसम्म सर्वसम्मत र नभएमा पनि आकाङ्क्षीको नामावली माग गरिएको उहाँले बताउनुभयो । उम्मेदवार तय सम्बन्धमा गठबन्धन दलबीच पनि निरन्तर छलफल भइरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀