गण्डकी, १९ चैत(रासस)ः‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान अन्र्तगत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन् ।
प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पार्टीका ७२ जना प्रदेश सदस्यलाई निर्वाचन क्षेत्रमा खटाइएको थियो ।
खटिएका सबै प्रतिनिधि सम्बन्धित प्रदेशसभामा गएर कार्यकर्ता र जनतासँग प्रत्यक्ष भेटेर त्यहाँको वस्तुस्थिति बुझेर आएको पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो ।
प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेको बताउँदै उहाँले सो प्रतिवेदन आसन्न निर्वाचनमा उम्मेदवारी छनौटका लागि सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
स्याङजा को प्रदेश २ (ख)का प्रतिनिधि शकुन्तला शर्माले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले गाँउमा पार्टीको उत्साह थपिएको बताउनुभयो ।
प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्रीद्वय किरणवावु श्रेष्ठ र विष्णु लामिछानेले पार्टीका नेता कार्यकर्तासहित जनताका घरघरमा गएकाले अभियान सफल भएको बताउनुभयो । प्रदेश समितिले खटाइएका प्रतिनिधि गत चैत ५ देखि परिचालन भएका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं