‘राजनीति सेवा हो, पेसा होइन’

‘राजनीति सेवा हो, पेसा होइन’

03 (2)

कास्की, १५ चैत (रासस)ःगण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।

विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उहाँले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत सरकारबाट प्राप्त भएको रु १३ लाख ६६ हजार ३६० मा थप गरी कूल रु १४ लाख ८६ हजार ९०७ सामाजिक कार्य र विकास निर्माणमा खर्च गरेको जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियन कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिलाई आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवामा लगानुपर्दछ भनेर सरकारी सुविधा जनताको हितमा लगाएको बताउनुभयो ।

उहाँले निर्वाचित हुनुअघिनै राज्यबाट पाउने सेवा सुविधा समाजको हितमा लगाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ राजनीति मेरा लागि सेवा हो, पेसाका रुपमा लिएको छैन ।

व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि जनताको सेवा गर्नु मेरो ध्येय हो, निर्वाचित भएदेखिनै त्यसमा प्रतिबद्ध छु ।”

मन्त्री थापाले विसं २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखिनै सुविधाको रकम बिरामीको उपचार सहयोग, स्वास्थ्य सामग्री र दलित बस्तीमा खानेपानी लगायतका कार्यमा लगाउनुभएको छ ।

वर्सेनि उहाँले आफूले पाएको रकम सार्वजनिक गर्दै समेत आउनुभएको छ । उहाँले प्रदेशको समृद्धि र विकासका लागि सरकारको जिम्मेवार सदस्यका रुपमा प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।

मन्त्री थापाले यसवर्ष पोखरा महानगरपालिका–८, ११, १६ र वडा नं ९(शान्तिघाट)मा सडकबत्ती, फोकस लाइटर खरिदका लागि रु एक लाख ४२ हजार ७५० खर्च गर्नुभएको छ ।

यसैगरी वडा नं ११, १६, २०, २१, २४ र ३३ मा तारजाली र पाइप खरिदमा रु दुई लाख ५६ हजार, पोखरा वडा नं ८ र ९ विभिन्न टोल र स्थानमा सडक बत्तीका लागि र एक लाख २४ हजार, पोखरा–१६ तुम्के गल्र्याङमा खानेपानी पाइप सहयोगमा रु ६५ हजार, पोखरा–३३ को उपल्लोपूँडी, तल्लोपुँडी, आँपुकसेरी, चिसापानी लगायतका स्थानमा खेलकूद सामग्रीका लागि रु ६७ हजार ५०० लगायतका अन्य संस्था तथा व्यक्तिलाई आर्थिक सहयोग गरिएको मन्त्री थापाले जानकारी दिनुभयो ।

उहाँ विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट विजयी हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀