पोखरा, २३ फागुन । स्कोडाको सुविधा सम्पन्न शोरुम पोखराको नयाँबजारमा सञ्चालनमा आएको छ ।
युरोपियन लिडिङ ब्राण्ड स्कोडा गाडीको आधिकारिक आयातकर्ता एम.ए.डब्लु. इन्टरप्राइजले हालै पोखरामा आफ्नो गाडी बिक्रीका लागि एस.एस.एल. मोटर्सलाई डिलर नियुक्त गरेको हो ।
नेपालमा स्कोडा गाडी विगत सन् २००८ देखि एम.ए.डब्लु. इन्टरप्राइजेजले उपलब्ध गराउँदै आएको छ । यससँगै कम्पनीले नेपाली बजारमा युरोपियन कम्पनीको गाडी सर्वसुलभ बनाएको छ ।
कम्पनीले आफ्ना डिलर प्लान अन्तर्गत नेपालभर नेटवर्कहरुको विस्तार एवं स्थापना गर्ने क्रममा पोखरामा पनि युरोपियन स्ट्याण्डर्डको शोरुम स्थापना गरेको हो ।
सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र एम.ए.डब्लु.का कार्यकारी निर्देशक रोनक अग्रवालले शोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । ।
गाडीको व्यवसायमा सेल्ससँगै सर्भिसमा पनि जोड दिनुपर्ने प्रमुख अतिथि थापाले बताउनुभयो । युरोपियन ब्राण्ड भएकाले स्कोडा राम्रो गाडी भएको उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै कार्यकरी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना भएको बताउनुभयो। ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रुपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पु¥याउन प्रतिबद्ध छौं,’ उहाँले भन्नुभयो ।
पश्चिममाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले स्कोडाले पोखरा क्षेत्रमा लोकप्रियता बढाउने विश्वास व्यक्त गर्नुभयो ।
छोटो समयमा नै नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको जनाएको छ ।
पोखरामा शोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते स्पेसल टेष्ड ड्राइभ कार्यक्रमको पनि व्यवस्था गरिएको एस.एस.एल. मोटर्सका प्रवन्ध निर्देशक सूर्य बरालले जानकारी दिनुभयो ।
स्कोडा खरिदमा नयाँ अफर
स्कोडाको आधिकारिक बिक्रेता एम.ए.डब्लु इन्टरप्राइजले स्कोडा गाडी खरिदमा सहज फाइनान्स स्किम ल्याएको छ । जस अन्तर्गत १० लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नै खरिद गर्न सकिने भएको छ ।
तरलता अभावको वर्तमान समयलाई मध्यनजर गर्दै कम्पनीले यो अफर ल्याएको हो । स्कोडा मन पराउने ग्राहकहरु यो अफरबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।
भर्खरै
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं