एन प्याव्सन कास्कीको लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड प्रथम

एन प्याव्सन कास्कीको लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड प्रथम

npab san 1

पोखरा, १४ फागुन ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले आयोजना गरेको १४ औं लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड वोर्डिङ स्कूल प्रथम भएको छ ।

प्रतियोगितामा राइजिड्ड स्टार एकेडेमी द्धितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र ज्ञान ज्योति विद्याकुञ्ज मावि सान्त्वना भएका छन् ।

विजयी समूहलाई वरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरी, एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष हेमन्त अधिकारी, कोषाध्यक्ष रत्ना गुरुङ, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङलगायतले ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको निर्णायकमा मनबहादुर गुरुङ माधव, प्रदिप मान श्रेष्ठ र ऋषिकेश श्रेष्ठ रहनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरीलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित नगराई व्ययवहारीक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान दिने अभिप्रायले यो प्रतियोगिता आयोजना गरिएको हो ।

नेशनल प्याव्सन कास्कीले स्थापनाकाल देखि नै शैक्षिक विकासका निमित्त विद्यार्थी, शिक्षक र अभिभावकहरुकाबीच विभिन्न शैक्षिक तथा सहक्रियाकलाप गर्दै आएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले रोजगार सिर्जना गर्ने शिक्षा आजको आवश्यकता भएको बताउँनुभयो ।

‘हाम्रो शिक्षा प्रणाली वेरोजगार जन्माउने थलो जस्तो भएको छ’ उहाँले भन्नुभयो, ‘अबको शिक्षा प्रणाली स्वरोजगार बनाउने खालको हुनुपर्दछ तपाईहरु त्यता तिर लाग्नुहोस् ।’

सम्मानित व्यक्तित्व वरिष्ठ नृत्य निर्देशक वुद्धिप्रसाद गुरुङ गौरीले निरन्तरता नै सफलताको सिढी भएकोले निरन्तर लागि परे सफल भइने बताउँनुभयो ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ, सहसचिव प्रेमराज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख तथा नेशनल प्याव्सन कास्कीका सहकोषाध्यक्ष राजु केसी कार्यक्रम संयोजक तथा नेशनल प्याव्सन कास्कीका सदस्य राजु कायस्थ, सदस्य शिवलाल पौडेलले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀