गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु

गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु

Gandaki

महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को साझेदारीमा अहिले पोखरा–२९ को जनप्रकाश माध्यमिक विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकामा सोही वडाको खल्याणमा आधुनिक भवन निर्माणका लागि शनिबार शिलान्यास गरी काम सुरु गरिएको हो ।

रु ११ करोड ४२ लाख लागतमा निर्माण हुने भवन आगामी विसं २०८० फागुन २९ गतेसम्म सम्पन्न गर्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता भएको महानगरका इञ्जीनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार भवन ४० हजार ४९२ स्क्वायर फिटमा रहनेछ । सङ्घ सरकारको विशेष अनुदान र महानगरपालिकाको लगानीमा भवन बन्न लागेको हो ।

गत वर्षदेखि शिक्षालयले ‘डिप्लोमा इन अटोमोबाइल इञ्जीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इञ्जीनियरिङ’को तीनवर्षे कोर्षको पढाइ सञ्चालन गरेको हो । सिभिल इञ्जीनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरूमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् ।

इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्षअघि अटोमोबाइल विषय अध्यापन गरिए पनि हाल सोको पठनपाठन हुँदैन ।

विशेषगरी विपन्न, दलित, उत्पीडित समाजमा पछि परेका वर्गको क्षमता विकास, सीप तालिमको माध्यमद्वारा सशक्तीकरण गर्दै रोजगारमूलक स्वरोजगार र उद्यमशीलताको विकास गर्न शिक्षालयले भूमिका खेल्ने शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताउनुभयो । उहाँले आफ्नै भवन निर्माणपछि अध्ययन–अध्यापनसहित प्रशासनिक काम सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

तीनवर्षे कोर्षका लागि हाल शिक्षालयमा ४८ जनाको कोटा निर्धारण गरी छात्रवृत्तिको व्यवस्थासहित अध्यापन भइरहेको छ । शिक्षालयमा १० कोटा पूर्ण छात्रवृत्ति, छवटा सहुलियत र ३२ कोटा खुलातर्फका रहेका छन् ।

यस वर्ष दुई प्राविधिक विषयको अध्यापन सुरू गरिए पनि शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिकतर्पmका डिप्लोमा इन जियोमेटिक इञ्जीनियरिङ, फरेस्टी, फार्मेसी विषयमा समेत कक्षा सञ्चालन गर्ने योजना रहेको शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी दिनुभयो ।

सांसद खगराज अधिकारीले भवन शिलान्यास गर्दै आर्थिक विकासका लागि गुणस्तरीय र प्राविधिक शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.35
Indian Rupee 
Indian Rupee
85.18
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.22
US Dollar 
US Dollar
1
24 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀