काठमाडौँ, २१ माघ (रासस) ःदेशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । छ हजार हजार ६५५ जनाले पिसिआर र चार हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा आठ हजार ४२५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख ९५ हजार ८६८ पुगेको छ ।
निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६४ हजार ११९ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३३ हजार ४७० जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ६३ हजार ८३० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ८५ हजार ७८९ पुगेको छ । कूलमा सङ्क्रमण दर १८ दशमलव तीन प्रतिशत छ ।
कोभिड बिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख १३ हजार ५१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ हजार ४५७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७९४ पुगेको छ ।
कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८८ दशमलव दुई रहेको छ । हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा ५१ र आइसियूमा २४३ रहेको छ ।
होम आइसोलेसनमा ५५ हजार ९०, संस्थागत आइसोलेसनमा एक हजार ३६७ र क्वारेन्टिनमा १३३ जना रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवान, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा सिराहा, सप्तरी, पर्सा, बारा, महोतरी, सलार्ही, धादिङ, सिन्धुली, नुवाकोट, गोरखा, स्याङजा, बाग्लुङ, तनहुँ, गुल्मी, पाल्पा, बर्दिया, दाङ, सुर्खेत र कञ्चनपुर छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १६ हजार तीन, ललितपुर नौ हजार ३५१ र भक्तपुरमा तीन हजार ८२९ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं