विद्यालय सञ्चालका लागि सहजिकरण गर्न प्रशाशनसँग निजी विद्यालयको आग्रह

विद्यालय सञ्चालका लागि सहजिकरण गर्न प्रशाशनसँग निजी विद्यालयको आग्रह

npabsan gyapanpatra

पोखरा, २० माघ । कास्कीका निजी विद्यालय सञ्चालकले विद्यालय सञ्चालनका लागि सहजिकरण गरिदिन प्रशासनसँग आग्रह गरेका छन् ।

प्याव्सन कास्की, नेशनल प्याव्सन कास्की, हिसान कास्की र युनिप्स नेपालले प्रशासनमा ज्ञापनपत्रसहित विद्यालय सञ्चालनका लागि सहजिकरण गर्न आग्रह गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्की, शिक्षा विकास तथा समन्वय इकाइ कास्की, पोखरा महानगरपालिका, पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र स्वास्थ्य महाशाखामा संस्थाका प्रमुखहरु पुगेर ज्ञापनपत्र बुझाउनु भएको छ ।

भौतिकरुपमा शैक्षिक संस्था सञ्चालन हुँदै गर्दा विद्यार्थीको पठन पाठनमा सुधार आएको तर पुनः वन्द भएका प्रत्यक्ष शिक्षण सिकाइबाट वञ्चित भएका कारण विद्यार्थीलाई भौतिकरुपमा उपस्थिति जनाइ पठनपाठन सहज गराउन ज्ञापनपत्रमार्फत् आग्रह गरिएको छ ।

लामो समयसम्म विद्यालय बन्द रहदा शिक्षण सिकाइमा असर पर्ने, वैकल्पिक विधिबाट गरिएको पठनपाठनबाट विद्यार्थीको शैक्षिक, सामाजिक, मानसिकलगायत संवेगात्मक विकासमा प्रत्यक्ष प्रभाव परेको, बजार क्षेत्र प्राय सबै खुलेकाले अभिभावकको चाहानाले पनि विद्यालय खुल्न दवाव दिएको, विद्यालयसँग सरोकार र विद्यार्थीले खोप लगाइसकेकाले पनि विद्यालय खोल्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न तयार रहेको उल्लेख गरेका छन् ।

उक्त ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले सबैसँगको समन्वयमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न तयार रहेको बताउनुभयो ।

प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, हिसान कास्कीका अध्यक्ष याम रोक्का, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारी, सचिव मनकाजी गुरुङ, कोषाध्यक्ष रत्ना गुरुङ, प्याव्सन कास्कीका सचिव पुष्पराज पराजुली, युनिप्स नेपालका उपाध्यक्ष विनोद नेपालीको टोली पुगेर ज्ञापनपत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀