मानव सेवा आ७नतसममा आ७िनतसत आमा तथा बालबालिकालाई भोजन गराउँदै पोखरा१७बmउस म्यूजियममार्गका खडका परिवार । सो परिवारले पितृ कार्यको खर्च कटाएर उनीहरुलाई भोजनको व्यवस्था गरेको हो । तस्बिरः हरि बाँस्तोला÷रासस
गण्डकी, १९ माघ (रासस) । पछिल्लो समय पितृकार्यमा हुने खर्च कटाएर मानवीय सेवामा समर्पित विभिन्न सङ्घ संस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ ।
समाजका असहाय, अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवं पालनपोषणमा सहयोग पु¥याउने लक्ष्यसाथ पितृको स्मरणमा सहयोग गर्ने चलन बढेको हो ।
पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आप्mना स्वर्गीय पति अमरबहादुरको १५ औँ पुण्य तिथिमा पोखरास्थित मानवसेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक छाक खानाको व्यवस्था गर्नुभयो ।
छोरा यमबहादुर र बुहारी पार्वतीसहित भोजन गराउनका लागि आश्रममा पुग्नुभएकी लक्ष्मीले भन्नुभयो, “आकाशलाई छानो र सडकलाई घर बनाएर बस्न बाध्य मानवको उद्धार गरेर उनीहरुको लागि पुनर्रजन्म दिने संस्थालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।”
सो परिवारले एक छाक खाना बराबरको नगद रु १५ हजार ५०० आश्रम कास्कीका सहसंयोजक सम्झना बर्तौला र साधिका मनिकला नेपालीलाई हस्तान्तरण गर्नुभयो । आश्रममा हाल ६५ जना महिला तथा बालबालिका आश्रित छन् ।
सो आश्रमबाट एक वर्षअघि ९५ जना बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको छ भने छोरेपाटन आश्रममा हाल महिला र आश्रित बालबालिकासहित ६५ जना रहनुभएको सहसंयोजक बर्तौलाले जानकारी दिनुभयो ।
“दुई छाक खाना भन्दा पनि आमा र बालबालिकाको औषधि उपचारमा बढी खर्च हुने गरेको छ”, उहाँले भन्नुभयो,“सडकबाट उद्धार गरिएका अधिकांश आमाहरु मानसिक रोगी हुनुहुन्छ मासिक औषधिमा मात्र ५० देखि ६० हजार खर्च हुने गरेको छ ।”
सस्थाले आश्रम सञ्चालनका लागि हालै सञ्चालन गरेको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट रु छ लाख भन्दा बढी आर्थिक सङ्कलन भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष एवं गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आश्रममा आवद्धहरुको एक छाक खानाका लागि रु १५ हजार ५००, विशेष खानाको लागि २२ हजार ५०० र एक दिनको खानाको लागि ३५ हजार ५०० को व्यवस्था गरिएको छ ।
२०७४ साल चैत १७ गते पोखरा र आसपासमा कष्टकर जीवन बिताउन बाध्य २३ जना सडक मानवको उद्धार गरेर सञ्चालन गरिएको आश्रमले हालसम्म ८२६ जनालाई सेवा प्रदान गरेको बताउँदै उहाँले भन्नुभयो, “ २६२ जनालाई पारिवारिक पुनर्मिलन, उपचार पश्चात स्वेच्छाले ३०५ जना घर फर्किनुभएको, ५१ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको छ, भने आश्रमको संरक्षणमा रहदा ५८ जना आमाबुबाको निधन भइसकेको छ ।”
भर्खरै
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं