काठमाडौँ, १७ माघ (रासस) । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमित हुनुभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आज सार्वजनिक गरेको बुलेटिनमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ । आज १६ हजार ८८ परीक्षण गर्दा सङ्क्रमित सङ्ख्या पाँच हजार २९२ रहेको छ ।
यस्तै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ हजार १९१ पुगेको छ । यो दर ९०.५ प्रतिशत हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २७२ पुगेको छ ।
आठको निधन
विगत २४ घण्टामा आज आठजनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ७४३ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १८ पुगेको छ ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।
यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् ।
नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ७७ हजार ६६५, संस्थागत आइसोलेसनमा एक हजार ६०७, आइसियुमा २८८ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ ।
तीन लाख बढीले लगाए खोप
विगत २४ घण्टामा आज तीन लाख ६६ हजार ६०३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज तीन लाख ६९ हजार २२६ मात्रा लगाइएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं