दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

04

नृपेन्द्रबहादुर मल्ल

मुगु, ११ माघ (रासस) । छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् ।

छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् ।

कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक लिउडीगाउँमा गाडी पुगेको थियो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् ।

छायाँनाथ रारा नगरपालिकाको रु ६७ लाख लगानीमा सडक निर्माण भएको र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ ।

कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही र उपप्रमुख सुन्तला रोकायाले संयुक्तरूपमा सडकको उद्घाटन गर्नुभएको थियो ।

सडक उद्घाटन कार्यक्रममा छायाँनाथका नगरप्रमुख शाहीले चुनावका बेला लिउडीगाउँमा विद्युत् र सडक पु¥याउने वचन दिएकामा कार्यकालको अन्तिममा भए पनि सडक र विद्युत् पु¥याउन सफल भएको बताउनुभयो ।

छायाँनाथ रारा नपाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य, उद्देश्यबमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा वैशाखसम्म जसरी भए पनि सडक पु¥याउने नगरप्रमुख शाहीले बताउनुभयो ।

उहाँका अनुसार कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकलाई घट्टलेकसम्म जोडिने र यो सडकलाई नगर रिङरोड बनाइने योजना रहेको खुलासाा गर्नुभयो ।

रिङरोडका रूपमा नगरपालिकाले विकास गरेमा गमगढी–पिना–बालै–कोटिल्ला–मन्दु–घट्टेलेक–रोवा–सोवा–लुम्स–तिर्प–थार्प–रुगा–बाम–सुम्ती–फुली हुँदै पुनः गमगढीमा सडक घुम्ने छ भने सुनात र सुम्लीमा नगरपालिकाले बेलिब्रिज बनाउनुपर्नेछ ।

“लिउडीगाउँमा सबैभन्दा बढी आलु र सिमी उत्पादन हुने गर्छ । यातायात सुविधा नहुँदा आलु, सिमी सदरमुकाम गमगढी बजारसम्म दुई घण्टा बोकेर भए पनि बिक्रीका लागि ल्याउने गरिएको र धेरै कुहिएर जाने गरेको थियो”, स्थानीय हरिलाल सेजुवालले भन्नुभयो, “अब गाउँमा गाडी पुगेको छ, धेरै उत्पादन हुने आलु, सिमी बजारीकरणमा सहज हुनेछ भने कमाउनकै लागि गाउँका युवा बाहिरी जिल्लामा जानुपर्ने छैन, बरु आलु, सिमीखेतीका लागि उत्साहित हुनेछन् ।”

नगरपालिकामा रहेका ८७ गाउँमध्ये अब कम्फा, तिर्प, सुम्ली, मुर्मा, सालिम गाउँमा सडक पुग्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
29 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 29 Nov 2025 00:45 UTC
Latest change: 28 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.14
Indian Rupee 
Indian Rupee
89.42
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
156.27
US Dollar 
US Dollar
1
29 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 29 Nov 2025 00:45 UTC
Latest change: 28 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀