थप १० हजार २५८ मा कोरोना सङ्क्रमण पुष्टि

थप १० हजार २५८ मा कोरोना सङ्क्रमण पुष्टि

health

काठमाडौँ, ४ माघ (रासस) । पछिल्लो २४ घण्टामा मुलुकभर थप १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सोमबारभन्दा तीन हजार ५२४ ले बढी हो । सोमबार देशभर छ हजार ७३४ नयाँ सङ्क्रमित पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा १७ हजार ८७२ पीसीआर र चार हजार ९५६ एन्टीजेन विधि गरी कूल २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १७ हजार ५४७ पुगेको छ ।

यो दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ६८ हजार २१५ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा एक लाख तीन हजार ९८३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

यसरी पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ३६ हजार १२० र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९६ हजार दुई पुगेको छ ।

कूलमा सङक्रमण दर १७ दशमलव दुई प्रतिशत छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार १४८ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ ।

हाल भेन्टेलेटरमा २८ र आइसियुमा १५१ जना रहेका छन् भने होम आइसोलेसनमा ३७ हजार ८२६, संस्थागत आइसोलेसनमा एक हजार २१८ र क्वारेन्टिनमा १०० जना रहेका छन् ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुर छन् ।

शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १७ हजार ७०९, ललितपुरमा चार हजार ४७१ र भक्तपुरमा दुई हजार ३९६ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀